सारा पौडेलको एकै दिन दुई म्युजिक भिडियो छायांकन

सारा बनिन् कशिस र विवेकको प्रेममा कोशे ढुङ्गा, “सोझो मनको”मा ज्योति नेपाली,नारायण पौडेल लगायत थुप्रै एकसाथ

0 1,266
Kashis Dahal

ईन्द्र जिजीबिषा / काठमाडौ – गायिका सारा पौडेलको दुईवटा म्युजिक भिडियोको एकै दिनमा छायांकन गरिएको छ । भर्खरै नेपाली गीत-संगीतको क्षेत्रमा उदायकी गायिका सारा पौडेलले एकै साथ् दुईवटा म्युजिक भिडियोको छायांकन गरेकी हुन् ।

नयाँ जोश र जाँगर लिएर नेपाली गीत-संगीतको क्षेत्रमा प्रवेश गरेकी सारा पौडेलको “सोल्टी आले” बोलको गीतमा चर्चित संगीतकार तथा गायक सुमन राईसारा पौडेलको स्वर रहेको छ । सुमन राईकै संगीत र एरेन्ज रहेको यो गीतलाई सुनिल दिप्त राईले शब्द रचना गरेका हुन् ।

काठमाडौको फर्पिङ्गमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेल कशिस दाहाल, विवेक जोशीले अभिनय गरेका छन् । यहि गीतको म्युजिक भिडियोमा सालिनी, रिया , अजय र किसनको पनि अभिनय रहेको छ ।

लक्षु गौतम र रोशन सापकोटाको निर्देशन रहेको यो गीतको म्युजिक भिडियोलाई महेश महराले छायांकन गरेका हुन् भने विभव परियार (माईक्बिल) ले कोरियोग्राफ गरेका हुन् ।

सोल्टी र सोल्टिनी बिचको प्रेम कथामा आधारित यो म्युजिक भिडियो रहेको गायिका सारा पौडेलले सिलिचुंग टिभिलाई बताएकी छन् ।

Jyoti Nepali
Jyoti Nepali

अर्को गीतको म्युजिक भिडियो पनि
“सोझो मनको” बोल रहेको गायिका सारा पौडेलकै अर्को गीतको म्युजिक भिडियो पनि छायांकन गरिएको छ । जीबी बस्नेतको शब्द तथा संगीतमा रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन पनि लक्षु गौतम र रोशन सापकोटाले नै गरेकी हुन् ।

यो गीतको म्युजिक भिडियोमा कशिस दाहाल, नारायण पौडेल, ज्योति नेपाली, नगेन्द्र जैशी, सागर सुवेदी र बाबु सुनिलले अभिनय गरेका छन् ।

यो गीतको म्युजिक भिडियोमा भने सोझो पनको फाईदा उठाउदै एउटा प्रेमीले आफ्नो प्रेमिकालाई मराणासन्न अवस्था सम्म पुर्याउने गरेको कथालाई उतारिएको छ ।

शुटिङ्ग रिपोर्ट

शुटिङ्गकै समयमा ज्योति नेपाली संगको कुराकानी

 

फोटो – सुमन मगर

Loading...