जानु काम्वाङ्गको शब्द रचना, राज रोबर्टको संगीतमा “बतासले मनको आगन” म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – चर्चित गीतकार जानु काम्वाङ लिम्बुको शब्द रचनामा नयाँ आधुनिक गीत “बतासले मनको आगन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । डायस्पोरामा रहेर गीत-संगीत र साहित्य सृजनामा निरन्तर लागि रहेकी जानु काम्वाङ लिम्बुको यो म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । गीतकार जानु काम्वाङको ३ सय भन्दा धेरै गीतहरु रेकर्ड भईसकेका छन् ।
सार्वजनिक म्युजिक भिडियोको गीतमा संगीत राज रोबर्ट अजनविले गरेका छन् । राज रोबर्ट पनि डायस्पोरामा रहेर व्यास्तताको वावजुद सांगीतिक दुनियाँमा निक्कै सक्रिय छन् । उनको संगीतमा दर्जनौ गीतहरु बजारमा आईसकेका छन् । सार्वजनिक गीतमा पुर्णिमा लामाको स्वर रहेको छ भने यो गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका छन् ।
हालै सार्वजनिक म्युजिक भिडियोमा फुर्वा दोर्जे मोक्तान र शुष्मा थिङ तामाङ्ले अभिनय गरेका छन् । उक्त गीतको म्युजिक भिडियोलाई बालन्द मावोले छायांकन गरेका हुन् भने ड्रोन क्यामेरा अमिर मावोले उडाएका हुन् । यो गीतको म्युजिक भिडियोलाई फूलवारी रेस्टुरेण्ट निलाई मलेशियाले निर्माण गरेको हो ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला