नुवाकोटमा अन्यत्र ठप्प प्रायः किराना पसलमा भिड्भाड

0 215

बिचारी चाम्लिङ/ काठमाडौ, नुवाकोट जिल्लाको सदर मुकाम बिदुर वरिपरिका प्रायः सबै स्थानहरुमा साँझ बिहान दिउँसो मानिसहरुको बाक्लै उपस्थिति हुने गर्दछ । चाहे त्यो चिया नास्ताको पसल होस या खाद्यान्न र कपड़ा पसल, तरकारी पसलहोस या भट्टी पसल अधिकांश पसलहरुमा मानिसहरुको भिड्भाड हुने गर्दछ । कार्यलय , कलेज, स्कुल,सामान किन्नेहरु र आफ्ना ब्यक्तिगत कामका लागि जानेहरुको लर्को नै लाग्ने गर्दछ । बस चढ्ने र ओर्लनेहरुको कुनै कमि देखिदैन । तर बिगत एक महिना देखि पुन:स्कुल , कलेज भिड न सामान किन्नेहरुको भिड न बस नै चढ्ने हरुको भिड।

ककनी गाउँ पालिका वडा न.५ कि कमला तामाङ बिगत २ दशक अगाडि देखि किराना पसल गर्दै आई रहेकी छन् । कोभिड माहामारिको कारण मानिसहरुको भिड्भाड र चहल पहल कम भएको उनले बताइन। निषेधाज्ञाको पालना गर्नै पर्यो । मानिसहरु घरभित्र बाट निस्कनै नपाएपछि व्यापार कसरी चल्छ । पहिलाको तुलनामा पसल चलेको छैन सानो ठाउँ हो शहर बजार भए पो भन्दै पसल नचलेको बताउछिन् ।

त्रिसुलि बटारका किरण पौडेल ६ बर्ष देखि घडी र मोबाइल पसल चलाउदै आइरहेका छन् । कोभिड्को डर र त्रासले मानिसहरु घरबाट बाहिर निस्कन नै डराउछन्। मानिसहरु बाहिर ननिस्केपछि व्यापार कसरी चल्छ ? व्यापारमा मन्दी आएको छ। किराना पसल,घडी, मोबाइल पसलहरु मात्र होइन रेस्टुरेन्ट,खाना, खाजा ,होटेल, लज,पार्टी प्यालेस, कपडा पसल, भाडा वर्तन मेकप, र सैलुन पसलहरु समेत मानिसहरुको आउने क्रम घट्न थालेको गगंटेका चियापसल संचालन गर्दै आएका सविन श्रेष्ठ बताउछन्।

भिड्भाडबाट टाढा बस्नु पर्ने, सेनिटाइजर घस्नु पर्ने, सामाजिक दुरि कायम गर्नुपर्ने मास्क नलगाई हिड्न नपाइने भएकाले सबैजना सचेत भएको प्रशासन टोलका हरि ढुङ्गेल बताउछन् । कोभिड माहामारि कै कारण जिल्लाको रानिपौवा, काउले, पैंतिस किलो,पिपलटार , ढुङ्गे ,त्रिसुलि,बेत्रावती जस्ता स्थानहरुमा मानिसहरुको चहलपहल न्यून हुदै आइरहेको छ। ककनी होटल व्यावसायी संघका अध्यक्ष तथा समाजसेवी, लिला तामाङको कथन पनि उस्तै छ। ७७ साल चैत्र ११ पछिका दिनहरु होटेल व्याबसाय मात्र नभई सबै खालका व्यापार, व्याबसायहरु मारमा परेका छन् । पर्यटकीय क्षेत्र ककनी एरियाका होटेल, लज लगायत कृषि, पर्यटन, पशुपालन देखि चियापसल सम्म सुस्ताएका छन् । निषेधाज्ञाको पालना गर्नै पर्यो। यस्तो जटिल परिस्थितिमा मानिसहरु आउने कुरो भएन अनि व्यापार कसरी चल्छ भनेर उल्टै प्रति प्रश्न गरे।

Loading...