अपाङ्ग सेवा केन्द्रलाई भोजन तथा आर्थिक सहयोग, पत्रकारलाई सम्मान

सिलिचुङ्ग टिभि / काठमाडौ – काठमाडौको तारकेश्वर स्थित अपाङ्ग सेवा केन्द्रमा रहेका अपाङ्गहरुलाई भोजन तथा आर्थिक सहयोग गरिएको छ। अमेरिकाको टेक्सासमा बस्दै आएका समाजसेवी नरेन्द्र सेन्दाङ्गले उक्त संस्थामा रहेका अपाङ्गहरुलाई भोजन तथा आर्थिक सहयोग गरेका हुन् ।
साहित्यमा पोख्त सेन्दाङ्ग नेपाली चलचित्र निर्माता हुन् भने उनले चारवटा नेपाली चलचित्रमा नायकको भूमिकामा समेत अभिनय गरेका छन् । हंगकंगमा सम्पन्न नेपाली साहित्यको पहिलो गोष्ठीमा निर्णयकको भूमिका समेत निर्वाह गरेका सेन्दाङ्ग हाल विभिन्न संघ-संस्थामा आवद्ध रहेर समाजसेवामा सक्रिय रहेकाछन्।
समाजसेवी गजेन्द्रराज नेम्वाङ्गको सहजिकरण, पुण्य गौतम, शृष्टि तामाङ्ग (चियावाली) नरनाथ गौतम लगायतको उपस्थितिमा उक्त कार्य सम्पन्न भएको हो। सेन्दाङ्गले मिष्ठान्त भोजन तथा आर्थिक सहयोग गरेपछि संस्थामा रहेका अपाङ्गहरु, पत्रकारहरुले मिष्ठान्त भोजनको खुलेर प्रसंसा गरेका थिए।
उक्त कार्यक्रममा विभिन्न अतिथिहरु लगायत ३ दर्जन भन्दा बढि पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो।




बाँकी भिडियोमा हेर्नुहोला