मलेसियाका अध्यागमन विभागले अवैधानिक आप्रवासी कामदारहरुलाइ पक्राउ गर्न थाल्यो

0 221
विचारी चाम्लिङ

विचारी चाम्लिङ / काठमाडौ, मलेसिया सरकारले जुन एक तारिक देखि चौध तारिक सम्म लागू हुनेगरि पुर्ण रूपमा लक्डाउन गर्ने निर्णय गरेको छ । अति नै आवस्यक काम भन्दा कसैलाइ पनि कार्यालय आवत जावतमा रोक लगाएको छ। बिनाकाम बाहिर हिड्न समेत कडाइ गरिएको छ।
क्वालालम्पुर, मेलाका,पेनाङ,जोहोर लगायतका डोमेस्टिक र अन्तराष्ट्रिय उडानहरु सबै बन्द छन् । क्ल्ब,क्याफे ,रेस्टुरेन्टहरुमा भेला हुन र प्रवेश गर्न समेत रोक लगाईएको छ।ब्यापारिक केन्द्रहरु जस्को,टेस्को,ए वान, द स्टोर,माइडिन,बिग मार्ट जस्ता सपिङ मलहरु प्रायः बन्द छन् भने खाद्यान्न पसलहरु खुल्ला गरिको छ। त्यहा स्थित कम्पनीहरुमा कामदारहरुलाइ क्याम्प बाहिर जान दिइएको छैन। बिना मास्क हिडेको देखेको पाइएमा आर.एम.१ हजार देखि १० हजार सम्मको साथै छ महिना सम्म जेल बस्नु पर्ने चेतावनी दिइएको छ ।

मलेसियाका प्रमुख शहरहरु के.एल.पेनाङ.जोहोर बाहरु,मेलाका,पेराक, कुवान्तान,,पाहाङ लगायत त्यहा रहेका चौधै वटा प्रान्तहरु प्रायः सबै बन्द छन् । रेमिटहरु प्रायः खुला गरिएको छ। मलेसियामा रहेका बिदेसी कामदारहरुले आफुले कमाएको रकम उनिहरुको मुलुक सम्म पठाइदिने उद्देश्यले त्यहा दर्जनभन्दा बढी रेमिटहरु खुलेका छन् ।

दुई दशक देखि मलेसियाको सिटि एक्स्प्रेस मनि ट्रान्स्फरका रिप्रेजेन्टिभ अफिसर रहेका समीर प्रदेशी भन्छन अहिले मलेसियामा सार्वजनिक बस र ट्याक्सी नचलिरहेको र कम्पनीमा काम गर्ने नेपाली दाजुभाइ , दिदीबहिनीहरु कम्पनी बाट बाहिर आउन पाउदैनन् ।

मलेसियामा रहेका अवैधानिक आप्रवासी कामदारहरुलाइ त्यहास्थित अध्यागमन विभागले धमाधम पक्राउको अभियान चलाइरहेका छ ।सरकारका गृहमन्त्री हमजा जैमुदिनले एउटा बृहत् पत्रकार सम्मेलनको आयोजना गरि देशभर रहेका सबै प्रान्तहरुमा जुन एक तारिक बाट १४ तारिक भित्र अवैधानिक कामदारहरु बस्ने स्थानको जानकारी लिनका साथै पक्राउ गर्न छ सय पचास जना भन्दा बढी स्थानका सडकहरु ब्लकगरि चेकजाचंमा कडाइ गरिरहेका बताए ।

संचारकर्मीहरु संग बोल्दै गृहमन्त्री हमजा जैमुदिनले छ सय पचास भन्दा बढी सडकहरुमा सडक अब्स्ट्याकल्हरु खडागरी सेना, प्रहरी,र रेला समेत परिचालन गरि मलेसियामा रहेका करिब तेह्र राष्ट्रका अवैधानिक कामदारहरुलाइ पक्राउ गर्ने बताए ।

Loading...