महासंघमा प्यानल सहित बिपुल पोख्रेलको ऐतिहासिक पल्लाभारी

0 874

बिचारी चाम्लिङ / काठमाडौ ,नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पहिलो पटक प्रत्यक्ष प्रणाली बाट मतदान गरिए संगै केन्द्रिय अध्यक्षमा बिपुल पोख्रेल आफ्ना प्यानल सहित निर्वाचित भएका छन् । मतपरिणाम अनुसार ६ हजार ९ सय ४२ मत प्राप्त गरि विजय भएका छन् ।उन्को प्रतिद्वन्दी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेको महासंघको केन्द्रिय निर्वाचन समितीले जनाएको छ।

यसैगरी उपाध्यक्ष रमेश बिस्टले ६ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी माधब नेपालले ३ हजार ७ सय ८१ मत प्राप्त गरेका थिए ।

यसैगरी महिला उपाध्यक्षमा ७ हजार २ सय २६ मत ल्यायर बाला अधिकारी बिजयी भएकी हुन् भने उनकी प्रतिद्वन्दी दाना केसिले ३ हजार ५ सय २८ मत प्राप्त गरेकी थिईन् । उदय जीएमले ६ हजार १ सय १७ मत ल्याइ समाबेसिको तर्फबाट उपाध्यक्षमा निर्बाचित भएका छन् भने अर्का अवदेश झाले ३ हजार सय ६१ मत ल्याएका थिए ।

रोशन पुरिले ६ हजार २ सय ४२ मत प्राप्त गरि बिजयी भए भने बाल्कृस्न बस्नेतले ३ हजार ८ सय ७० मत प्राप्त गरेका थिए ।

खुल्ला तर्फको सचिवमा उम्मेदवारी दिएका गोविन्द चौलागाईं, महिला बाट सिर्जना अर्याल,आदिबासी जनजाति बाट नारायण किलम्बु मधेसीबाट दिपेन्द्र चौहान दलित बाट हेम्कर्ण बिस्वकर्मा एसोसियट बाट पवन आचार्य र कोषाधक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यसैगरी लेखा समिती संयोजकमा लेखनाम न्यौपानेले विजय हासिल गरेका छन् । खुल्ला सदस्यहरुमा छबिलाल तिवारी, बाशुदेब शर्मा,रमेश खतिवडा,माधब पौडेल,शिबराम खत्री र महिला खसबाट सरिता तिम्सिना,महिला मधेसी बाट ललिता कुमारी शाह, महिला आदिवासी जनजाति बाट शान्ता आङ्बुहाङ, महिला दलित बाट सरिता बराइलीले विजयी हासिल गरेका छन् । सदस्यहरु आदिवासी जनजाति बाट भीषण राई,आदिवासी जनजाति महिला सन्छ कुमारी लामा दलित बाट प्रकाश् धौलाकोटी, दलित महिला बाट राधा नेपाली मधेसी बाट सुभाष प्रशाद शाह र मधेसी महिला बाट रिन्कु कुमारी मिश्र, अपांग बाट नवीन रिजाल, अल्पसंख्यक बाट इफ्तर्बार हसल निर्वाचित भएका छन् ।

सदस्य तर्फबाट प्रदेश न: १.दिपेन्द्र रुम्दाली,अमर खड्का, प्रदेश न: २ बाट केसि लामिछाने,शिव पुरी, बागमती प्रदेश बाट धुर्ब कुमार रावल ,सुनिल खड्का गण्डकी प्रदेश बाट प्रदीप काफ्ले ,त्रिभुवन पौडेल लुम्बिनी प्रदेश बाट भवानी प्रशाद पाण्डे ,सुशील पोख्रेल कर्णाली प्रदेश बाट दिपेन्द्र शर्मा , भिन बाहादुर सिंह , सुदुर पश्चिम् प्रदेश बाट भरत बाहादुर शाह, उत्तर सिंह बिस्ट र उपत्यकाबाट सन्तराम बिडारी, ज्ञान प्रसाद पौडेल प्रतिस्ठान बाट मणि दाहाल, रामकृष्ण अधिकारि एसोसियट बाट कृति भट्टराई ,विकास कार्की निर्वाचित भएका छन् ।

यसैगरी लेखा समितिको तर्फबाट खुल्ला सदस्यहरुमा मुकुन्द प्रसाद भण्डारी र महिला तर्फबाट देवी सापकोटा निर्वाचित भएका छन् ।

Loading...