दश बर्षिया निहरा तामाङ्गको अभिनय र सात बर्षिया सरगम राईको स्वरमा सबकी प्यारी बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – दुई बाल प्रतिभाहरुको म्युजिक भिडियो सार्वजनिक भएको छ। “सबकी प्यारी“ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो। सार्वजनिक म्युजिक भिडियोमा दश बर्षिया निहरा तामाङ्गले अभिनय गरेकी छन् भने सात बर्षिया सरगम राईले सार्वजनिक गीतमा स्वर दिएकी छन्।
निहरा तामाङ्ग विभिन्न प्रतियोगिताहरुमा आफ्नो प्रतिभा देखाएर आफूलाई अब्बल सावित गरि सकेकी छन् । करिब आधा दर्जन म्युजिक भिडियोहरुमा निहाराले काम गरिसके पनि आफ्नो मुख्य भूमिका रहेको म्युजिक भिडियो भने यो नै पहिलो रहेको छ। सार्वजनिक म्युजिक भिडियोमा बाल कलाकार निहरा तामाङ्गले सशक्त अभिनयका साथमा कुशल नृत्य प्रस्तुत गरेकी छन्।
अर्की बाल कलाकार सरगम राईले करिब एक दर्जन जति गीतमा आफ्नो स्वर दिसकेकी छन् । ७ बर्षकै उमेरमा यति मिठो गीत गाउन सक्ने यो उनको अत्यान्तै प्रशंसनीय प्रतिभा रहेको छ।
सार्वजनिक गीतको शब्द रचना अशोक चाम्लिङ्ग राईले लेखेका हुन् भने यो गीतको संगीत तथा एरेन्ज चर्चित संगीतकार सुमन राईले गरेका हुन्। गोविन्द सोनीले मिक्सिङ्ग मास्टरिङ्ग गरेको गीतलाई सुवास कुथुमीले रेकर्ड गरेका हुन्।
ओम प्रसाईले छायांकन गरेको म्युजिक भिडियोलाई चर्चित कलाकार तथा कोरियोग्राफर मेघना मगरले कोरियोग्राफी गरेकी छन्। सोनी राईले शृंगार गरेको म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले कलर तथा सम्पादन र ईन्द्र जिजीबिषाले म्युजिक भिडियोको निर्देशन गरेका हुन्।
म्युजिक भिडियो यहाँ हेर्नुहोला
दुई बाल प्रतिभाहरु संग भिडियो अन्तर्वार्ता