नेपाल मलेसिया मैत्री समाजको रक्तदान कार्यक्रम नुवाकोटमा सम्पन्न

0 1,141

सुनिल मोक्तान – नुवाकोट , नेपाल मलेसिया मैत्री समाजको बृहत रक्तदान कार्यक्रम नुवाकोटको ककनीमा हालै सम्पन्न भएको छ। समाजको ११औ बर्षगाठ्को अवसर पारेर उक्त रक्तदानको आयोजना गरेको हो। संस्थाले बर्षमा २ देखि ३ पटक सम्म यस्ता रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना , नेपाल स्काउट , बैकंका कर्मचारीहरु स्थानीय र स्थानीय होटेल ब्याबसायीहरुले समेत रक्तदान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथीको रूपमा कास्ठ ब्याबसायी संघ काठमाडौका अध्यक्ष बिष्णु बहादुर गुरुङ , विशिष्ट अतिथिमा प्रहरी वरिष्ठ उपरीक्षक भेष बाहादुर शाह , संयोजक शिबपुरी नागारजुन राष्ट्रिय निकुञ्ज ककनी ओखरपौवा उपभोक्ता समितीका अध्यक्ष जिबनलाल तामाङ, स्ट्राबेरि ब्लक समन्वय समितीका संयोजक प्रेम तामाङ “भार्दार” रहनु भाको थियो ।

कार्यक्रम सभापतित्व नेपाल मलेसिया मैत्री समाजका अध्यक्ष बिचारी चाम्लिङको अध्यक्षतामा सम्पन्न भाको थियो। सबैजना उपस्थित महानुभाबहरुले रक्तदान सम्बन्धी आ-आफ्ना धारणा राखेका थिए । सभापतिको आसन बाट बोल्दै रक्तदान जीवन दान हो।हाम्रो शरीर बाट बनेको रगत प्रत्येक ३ महिनामा खेर गैरहेको हुन्छ।बिना काम खेर फाल्नु भन्दा मृत्यु सैयांमा रगतको अभावले छट्पटाइ रहेका बिरामीलाई दिदा पुन्यकाम र मानवीय कार्य हुने जानकारी दिदै आजसम्म बैज्ञानिकहरुले कृतिम रगतको आविस्कार गर्न नसकेको कारण पनि विश्वमा रक्त अभाव बढिरहेको बताउनु हुँदै ४७ प्रतिशत धनी मुलुकहरुमा रक्तदान हुने र बाकिं रहेको ५३ प्रतिशत गरिब र बिकासोन्मुख मुलुकहरूमा हुने १९०१ मा Dr Karl LyandisTinar ले पत्ता लगाएका थिए भन्दै आज तपाईहरुले दिएको रगत र रगत तत्वहरु रक्त अल्पता,सिकल्सेल यनेमिया,सडक दुर्घटना परि अत्यधिक रक्तस्राव भएका र रगत अभावका कारण अस्पतालका बेडहरुमा छट्पटाइ रहेका बिरामीहरुको लागि हो भन्दै सम्पुर्ण उपस्थित महानुभाबहरु र रक्तदाताहरुलाइ आभार प्रकट गर्नु हुँदै सभाको बिसर्जन गर्नु भाको थियो।

स्मरण रहोस् बर्ष मा विश्व भरिका एक अर्ब १३ करोड मानिस रुले रक्तदान गर्ने भाको थियो।

Loading...