राजधानीमा बस्दै आएका उदयपुरका विद्यार्थी र मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण
काठमाडौ – कोरोना भाइरस (कोभिड -१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले आहृवान गरेको लकडाउनका कारण समस्यामा परेका ५० परिवारलाई राजधानीमा खाद्यान्न वितरण गरिएको छ । काठमाडौंको गङ्गबु, टोखा बुढानिलकण्ठ, भङ्गाल, कपन, महाराजगन्ज, चाबहिलमा बसोबास गर्दै आईरहेका उदयपुरका विद्यार्थी र मजदुरहरुका ५० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
विहिबार अनेरास्ववियुका विद्यार्थी नेता शैलेस लामाको अगुवाईमा उनीहरुको बासस्थानमै पुगेर चामल, पिठो, दाल र नुन् वितरण गरिएको हो ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकालाई उदयपुरकै व्यवसायी एवंम समाजसेवी लक्ष्मी (घिसिङ) तामाङले उक्त खाद्यान्न उपलब्ध गराएकी हुन् । उनले यसअघि पनि अन्य धेरै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आईरहेकी थिइन् । शैलेस लामाले राजधानीमा बस्दै आईरहेका लकडाउनका कारण समस्यामा परेका उदयपुरका मजदुर तथा विद्यार्थीहरुलाई भोली पनि खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले भने ‘तपाईहरु काठमाडौंमा बस्दै आईरहनु भएका उदयपुरे विद्यार्थी मजदुरहरु, यदि खाद्यान्नको समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।’ हामी तपाईहरुकै वास्थानामा ल्याईदिनेछौँ । नेता लामाले खानमा समस्या भए नधकाई सम्पर्क राख्न आग्रहसमेत गरेका छन् । उनीसँगै उदयपुर-काठमाडौ सम्पर्क मञ्चका नेता सरोज थापा, रिता थापा लगायतका टोलि वितणमा हिडिरहेका छन् ।
नेता लामाले विशेष गरी यस्तो दुःखद समयमा खाद्यान्न र बासस्थानमै पुर्याउन गाडीसमेत उपलब्ध गराईदिने व्यावसायी एवं समाजसेवी लक्ष्मी (घिसिङ) तामाङलाई आभार ब्यक्त गरेका छन् ।


