ककनी गाउँ पालिका वडा नं ५ मा स्वास्थ्य सामाग्री वितरण

0 1,605

विचारी चाम्लिङ्ग / नुवाकोट – मानविय संवेदनालाई मध्यनजर गर्दै ककनी गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष राम लामाले आफ्ना वडा बासीहरुलाई कोरोना भाइरस नाम दिएको कोभिड-१९ बाट सक्रमित नहोस भनेर वडा बासीहरुलाइ सचेत गराउन जनचेतना मुलक एक भेलाको आयोजना गरेका छन् ।

कोरोना भाइरसका कारण हाल विश्व नै आतंकित भईरहेको अवस्थामा सम्पुर्ण मानवहरु मिलेर कोरोना विरुद्ध लड्न एक हुनुपर्ने राम लामाले बताएका छन् । उनले आफ्ना वडा बासिहरुको लागी एक हजार थान माक्स,दुइसय वटा साबुन र केहि पिपीइ र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेका थिए । स्वास्थ्य सामाग्रीहरु वितरण पश्चात स्थानिय जनप्रतिनिधिहरु ,शिक्षक, विद्यार्थी , अभिभावकहरुले आफूले जाने बुझेका कुराहरु सर्वसाधारण बिच जानकारी गराउन सके मात्र यसको समाधान हुनसक्छ भन्ने उनको जोड थियो ।

उक्त भेलामा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका प्रत्यासी बुद्धराज लामा ,नेपाली काङ्ग्रेसका वडा सदस्यका प्रत्यासिद्वय सुरेश लामा,र राजकुमार लामा मार्फत माक्स,सेनिटाइजर लागायतका स्वास्थ्य सामाग्रीहरु वडा अध्यक्ष लामा र स्वास्थ्य चौकी कि अनमी शोभा ठकुराथिलाई सामुहिक रुपमा हस्तान्तरण गरे । उक्त स्वास्थ्य सामाग्रीहरुको बजार मुल्य २० हजार बराबरको रहेको बताईएको छ ।

स्वास्थ्य भेलामा सरकारका राष्ट्र सेवक कर्मचारीहरु,विभिन्न राजनीति पार्टिका कार्यकताहरु,स्वास्थ्य स्वयंसेवक ,र ५ नं वडाका वडा बासिहरुको उपस्थिति थियो ।

Loading...