उपमेयरले भनिन्, ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ ?’ (भिडियोसहित)

0 979

२०७६ कात्तिक २७ गते, काठमाडौँ । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिक सन्चिता लुईंटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

‘अर्को राजमार्ग’ कविताकृतिकी स्रष्टा चर्चित कवि उपप्रमुख पराजुलीको प्रेमप्रधान गीतमा भीम बिसीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन महाराज थापाको रहेको छ । गायिका सरु गौतमको सुमधुर स्वर सजिएको गीतको भिडियो निर्देशन नारायण डिसी स्वयम्ले गरेका छन् । प्रेम कटवालको प्रस्तुति रहेको भिडियो उत्सव दाहालले छायाङ्कन र माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...