अलगमा गायक–सङ्गीतकार जीतेन राई
काठमाडौ – अलगमा अग्रज’को कात्तिक शृङ्खलमा अग्रज गायक–सङ्गीतकार जीतेन राई प्रस्तुत भए । अलग आर्ट हबद्वारा आयोजित कार्यक्रममा राईले ‘साउने भेल उर्लेर आउँदा’, ‘उराठै लाग्छ नि’, ‘मालिङ्गो काटी बिनायो बाजा’, ‘उड्दै आयो हवाइजहाज’, ‘भन्ज्याङ पारी यारी खोला’, ‘नाना छापारी’ लगायत दर्जन बढी गीतहरु प्रस्तुत गरेका थिए ।
उनले आफ्नो सङ्घर्षको कथा सुनाउँदै नयाँ पुस्तालाई सङ्गीतमा अघि बढ्न धेरै सहज भएको बताए । अलग आर्ट हबमा प्रशिक्षणरत विद्यार्थी एवम् अन्य सहभागीहरुले सङ्गीतकार राईलाई दुई घन्टा बढी चाखपूर्वक सुनेका थिए ।
