उमेश राईको शब्द तथा लय संकलन रहेको ट्याम्के र सेल्मे बोलको जुहारी गीत सार्वजनिक
काठमाडौं – चाबहिल सरस्वतीनगरमा अवस्थित फलैंचा होटलमा संचालक , कवि तथा गीतकार उमेश राईको शब्द तथा लय संकलन रहेको ट्याम्के र सेल्मे बोलको जुहारी गीत सार्वजनिक भएको छ । अनौपचारिक भनिए पनि पत्रकार तथा अग्रज गीतकार साहित्यकार गायक गायीकाहरु बाक्लो उपस्थितिमा फलैंचा इन्टरटेनमेन्टको पहिलो प्रस्तुति रहेको उक्त जुहारी गीत सार्वजनिक भएको हो । उक्त गीतको शब्द तथा लय संकल र गायक राईले नै गरेका हुन् । सार्वजनिक गीतको बारेमा बोल्दै गायक राईले भने “यो गीत सस्तो लोकप्रियता र भाइरलबाजी भन्दा अलग रहने कोशिस गर्दै कर्णप्रिय भएर पनि लोपन्मुख गीतलाई पुनर्जीवन र गायन तथा सांगीतिक इतिहाँसमा दस्ताबेजीकरण गर्न निर्माण गरिएको बताए ” ।
द भ्वाइस अफ नेपाल २०७६ को प्रतिस्पर्धी समेत रहेकी सुमधुर स्वरकी धनी शासिका राई तथा चर्चित गायक संगीतकार सन्तोष दुमी राई र स्वयम् उमेश राई समेतको स्वरमा स्वारंकण गरिएको यो गीत, पुर्वी नेपालको शालिन प्रचलन भाका भन्ने संस्कार (कुटुम्बेरी गाउँको युवायुवती चेलीमाइती बसेर गाइने) गरिन्थ्यो, र उस्तै परे मेला पर्वमा सात दिन सात रात लगातार गाउने पुर्खाहरु अझै जिवित छन् भन्दै यो लयमा दुख सुख सबैखाले भाव अभिब्यक्त गर्ने चलन थियो भन्ने कुरा गायक उमेश राईले बताए ।
गीतको भिडियो यहाँ हेर्नुहोला