रुपकुमार राई र मेनुका राईको “नौ लाई सुन्ना नब्बे” बोलको गीत टप टेनमा नोमिनेट
काठमाडौ – चर्चित गायक रुपकुमार राई र गायिका मेनुका राईको “नौ लाई सुन्ना नब्बे” बोलको गीत टप टेनमा नोमिनेसन भएको छ । विश्व नेपाली संगीत न्युयोर्क २०१९ मा उक्त गीत लोक सेलो तर्फ टप टेनमा परेको हो । वोल्ड कनेक्सन युएसएले नोभेम्बर २३ मा उक्त कार्यक्रमको आयोजना गर्ने भएको छ ।
धेरैले मन पराई दिएको गायक रुपकुमार राई र गायिका मेनुका राइको उक्त गीत “नौ लाई सुन्ना नब्बे” ले यो भन्दा अगाडि पनि दुई वटा अवार्ड हात पारि सकेको छ । विगत निक्कै लामो समय देखि नेपाली गीत -संगीतको क्षेत्रमा अनवरत रुपमा लागी रहेका गायक राईको “राम साईली ” “गुन्द्रुक किनिमा” जस्ता दर्जनौ गीतहरुले लाखौ दर्शक स्रोताहरुको मन जिती सकेको छ । लोक, आधुनिक, फ्लिमी सबै विधामा गाउन सक्ने क्षमता भएका गायक राई संगीत विधामा पनि अब्बल छन् । गायिका मेनुका राईको “ढल्कियो जोवान” “मायाको ओखती” जस्ता दर्जनौ गीतहरु चर्चामा रहेका छन् ।
टप टेनमा नोमिनेट भएपछि, यो भन्दा अगाडि जसरी दर्शक स्रोताहरुले माया गर्नु भएको थियो, यो पटक पनि त्यसरी नै माया पाउनेमा आफूहरु विस्वस्त रहेको गायक रुप कुमार र गायिका मेनुका राई बताउछन् । गायक राई द्वयको “नौ लाई सुन्ना नब्बे” बोलको गीतलाई भोट गर्नको लागि आफ्नो मोबाईलमा WN 7i टाइप गरेर 33001 मा पठाउन सकिन्छ भने www.wnmusicaward.com लग अन गरेर भोट मेनुमा क्लिक गरि क्याटागोरिमा गई भोट बटममा गएर भोट गर्न सकिने छ । फेसबुक मार्फत पनि भोट गर्न सकिने छ । फेसबुकमा भोट गर्नको लागि, world nepali musuc अवार्ड २०१९ को फेसबुक पेज ओपन फोटो र क्याटागोरी छनौट गरि भोट गर्न सकिने छ ।
नोमिनेसनमा परेको “नौ लाई सुन्न नब्बे” को म्युजिक भिडियो