सिक्किमको विभिन्न ठाउँहरुमा चलचित्र थेत्लङको प्रदर्शन जारी
काठमाडौं, १३ असोज । ओपेरा इन्टरटेन्मेन्टबाट निर्मित लिम्बू चलचित्र थेत्लङ सिक्किमका विभिन्न स्थानहरुमा भइरहेको छ ।
गत असोज ४ गते सिक्किमको गान्तोकस्थीत मेनन हलमा प्रिमियर भएको चलचित्र क्रमशः पश्चिम सिक्किमको हि गाउँ, दरप, सिङ्फेङ, केरेतहाङ, थिङ्लिङमा प्रदर्शन भइसकेको छ ।
आगामी अक्टोबर ३ मा उत्तरे, ५ मा सोबारिया, १० मा मार्ताम बेरमियोक र १३ मा गेजिङमा प्रदर्शन गरिने निर्माता मनि ताम्लिङले जानकारी दिएका छन् ।
दर्शकहरुको अपार माया पाइरहेकोले गर्दा चलचित्र भव्य प्रदर्शन भइरहेको र सकरात्मक टिप्पणी पाएको पनि निर्माता ताम्लिङले बताए ।
किशोर सुब्बाद्वारा निर्देशित यस चलचित्रका संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेका यस चलचित्रका अर्का निर्माता विराज लिम्बू हुन् ।
त्यसैगरी कलाकारहरू विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङ आदि छन् ।
सिक्किमको प्रदर्शन सकिएपछि नेपालका विभिन्न ठाउँहरुमा प्रदर्शन गर्ने तथा विदेशहरुमा पनि प्रदर्शन गरिने निर्माता ताम्लिङले जनाएका छन् ।
प्रिमियर शोको झलक युट्युवमा हेर्नुहोस्