राजेश पायल राई र मिरादेवी राई “ठमेलको बजारमा” (भिडियो सहित)

0 973

काठमाडौ – मेघा स्टार राजेश पायल राई र मिरादेवी राईको स्वरमा रहेको “ठमेलको बजारमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै लाखौ दर्शक स्रोताहरुले मन पराई दिएका छन् । हजारौ हजार गीतहरु गाएर नेपाली गीत-संगीतको क्षेत्रमा बहु चर्चित बनेका छन् गायक राई भने मीरादेवी राई पनि पछिल्लो समयकी उदयीमान गायिका हुन् । प्रवासी भूमिमा रहेर, नेपाली गीत-संगीतको क्षेत्रमा लागि रहेकी गायिका राई गाउन मात्रै हैन, गीत लेखनमा पनि उतिकै जम्ने गरेकी छन् । गायिका राईको शब्द रचनामा दर्जनौ गीतहरु चर्चित गायक गायिकाहरुको स्वरमा यो भन्दा अगाडि पनि बजारमा आईसकेका छन् ।

अलिकती खरो तर निश्छल , निश्चल स्वभावकी गायिका तथा गीतकार राईको शब्दमा पनि जीवनका तिता मिठा भोगाईहरुका साथै प्रेमिल शब्दहरुले स्थान पाउने गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा पनि आधुनिक युगको युवायुवतीहरु बीच हुने प्रेम आकर्षणलाई झल्काउन खोजिएको देखिन्छ ।

सार्वजनिक गीतको शब्द रचना पनि गायिका स्वयम् मीरादेवी राईले नै गरेकी हुन् भने मीरादेवी राईको शब्द रचनामा नविन कार्कीले संगीत गरेका छन् । सुमन केसीले एरेन्ज गरेको उक्त गीतलाई चन्द्र चौधरीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका हुन् ।

मिस्टर मोडेल अफ वोर्ल्ड लगायत दर्जनौ पेजेन्टहरुमा सहभागी हुदै विभिन्न टाइटल अवार्ड जिती सकेका मोडेल दिक्पाल कार्की र सितोरियो करातेकी फोर्थ डान तथा अन्तराष्ट्रिय रेफ्री हिरा राईको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा दर्जनौ अन्य कलाकारहरुले साथ् दिएका छन् ।

ओम प्रशाईले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । चर्चित मोडेल तथा कोरोयोग्राफ़र मेघना मगरको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा जीबी लामाको सह निर्देशन तथा ईन्द्र जिजीबिषाले निर्देशन गरेका हुन् ।

गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...