मेलिना राई र सुहाङ्ग लिम्बुको “तिम्रो मुस्कान” बोलको गीत सार्वजनिक
काठमाडौ – चर्चित गायिका मेलिना राई र चर्चित गायक सुहाङ्ग लिम्बुको स्वरमा “तिम्रो मुस्कान” बोलको गीत सार्वजनिक भएको छ । गायिका मेलिना राई वर्तमान नेपाली गीत-संगीतको क्षेत्रमा सर्वाधिक चर्चित गायिका हुन् भने सुहाङ्ग लिम्बु पनि वर्तमान नेपाली गीत-संगीतको क्षेत्रमा चर्चाको शिखरमा रहेका गायक हुन् ।
अत्यान्तै मिठो स्वरमा रहेको यो प्रेमिल गीतको शब्द रचना भगत लिम्बुले गरेका हुन् भने यो गीतको संगीत गायक स्वयम् सुहाङ्ग लिम्बुले नै गरेका छन् । गायक लिम्बु पछिल्लो समयमा गीत गाउन मात्रै नभई गीतको शब्दहरुमा संगीत भर्न पनि निक्कै ब्यास्त बन्दै आईरहेका छन् ।
सार्वजनिक गीतको एरेन्ज आदेश गुर्माचनले गरेका हुन् भने, गितार पनि आदेशले नै बजाएका छन् । फ्लुट भने संजिव मैनालीले बजाएका हुन् । भिषण मानन्धरले मिक्सिङ्ग र मास्टरिङ्ग गरेको यो गीतलाई दिलिप बाहिङ्गले सम्पादन गरेका हुन् ।
गीत यहाँ हेर्नुहोला