गायक सुमन मगरको स्वरमा “नजिक आउन प्रिय” बोलको गीत सार्वजनिक

0 915

काठमाडौ – गायक सुमन मगरको स्वरमा “नजिक आउन प्रिय” बोलको गीत सार्वजनिक भएको छ । मेल भर्सन र फिमेल भर्सनमा रहेको यो गीतमा फिमेल भर्सनमा भने बार्ता गन्धर्वको स्वर रहेको छ ।

भिडियो छायांकन र सम्पादनमा ब्यास्त बन्दै गईरहेका सुमन मगरको यो भन्दा अगाडि पनि केहि थान गीतहरु बजारमा आईसकेका छन् । सार्वजनिक प्रेमिल गीतको शब्द रचना भने युवराज लाम्गाडेले गरेका हुन् भने युवराजको शब्द रचनालाई बार्ता गन्धर्वले नै संगीत गरेकी हुन् । गीतको एरेन्ज भने मनोज साङ्गसोन राईले गरेका हुन् ।

सुरेश राईले रेकर्ड गरेको यो गीतलाई मिक्सिङ्ग र मास्टरिङ्ग भने राजु कार्कीले गरेका हुन् ।अहिले स्टुडियॊ लिप सिङ्ग भिडियो बजारमा ल्याईएपनि म्युजिक भिडियो नै बनाउने योजनामा रहेको जनाईएको छ । स्टुडियो लिप सिङ्ग भिडियोलाई धन खालिङ्गले छायांकन गरेका अहुन् भने खोपी इन्टरटेनमेण्टले भिडियो सम्पादन गरेको हो ।

गीत यहाँ हेर्नुहोला

Loading...