खुसेनिछो चाम्लिङ्ग र दिप्सन लिम्बुको “चैनपुर् बजारैमा” सार्वजानिक
काठमाडौ – गायिका खुसेनिछो चाम्लिङ्ग र दिप्सन लिम्बुको स्वरमा रहेको गीत “चैनपुर् बजारैमा” सार्वजानिक भएको छ । निक्कै लामो समयपछि गायिका खुशेनिछो चाम्लिङ्गले उक्त गीत सार्वजानिक गरेकी हुन् ।
सार्वजनिक गीतको शब्द रचना पबिन दाहालले गरेका हुन् भने यो एरेन्ज र संगीत भने मनोज साङ्गसोन राईको रहेको छ । राजु कार्कीको मिक्सिङ्ग र मास्टरिङ्ग रहेको यो गीतको हाल स्टुडियो भिडियो ल्याईए पनि निकट भविष्यमा म्युजिक भिडियो नै बनाउने तयारीमा रहेको खुशिनिछोले हामीलाई बताएकी छन् । स्टुडियो भिडियोलाई सुमन मगरले भिडियो ग्राफी र भिडियो सम्पादन गरेका छन् ।
गीत यहाँ हेर्नुहोला