रत्न मगरको नयाँ सालेजो गीत”रोधिमा आको” सार्वजनिक

0 868

काठमाडौ – नेपाल आईडलको पहिलो भागबाट धेरैको मन जित्न सफल गायक सागर आलेको स्वरमा नयाँ सालेजो गीत”रोधिमा आको” ले सार्वजनिक भएको छोटो समयमै धेरैको मन जित्न सफल भएको छ । नेपाली गीत-संगीतको क्षेत्रमा भारतीय गीत-संगीतको प्रभाव संगै पश्चीमेली फ्लेवरले अड्डा जमाउन लागी रहेको बेलामा नेपालको मौलिक भाकामा रहेको सालैजोले सबैको मन जित्न सफल भएको हो ।

गीतकार तथा गायक रत्न मगरको शब्द रचनामा रहेको यो गीतमा सागर आले संगै वरिष्ठ गायिका सर्मिला गुरुङको स्वर रहेको छ । गीतकार रत्न मगरकै संगीत रहेको यो गीतमा एरेन्ज भने ईन्द्र जिसीले गरेका छन् ।

रियो छमछमी सिजन ३ बाट चर्चामा आएका मोडेल तथा डान्सर शेखर घर्ति मगर र मोडेल आरुषी मगरको मुख्य अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई महेश महेराले छायांकन र हम गैरेले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई निर्देशन भने याम गुरुङले गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...