लोकप्रिय बन्दै “गोधुली साँझको” म्युजिक भिडियो

0 1,277

काठमाडौं -गीतकार प्रमोद चाम्लिङ्गको शब्द रचना र निर्देशक चन्द्रकला राईको निर्देशनमा रहेको “गोधुली साँझको” म्युजिक भिडियोलाई दर्शक स्रोताहरुले निक्कै नै मन पराईदिएका छन् । अफगानिस्तानमा रहेर नेपाली गीत-संगीतको क्षेत्रमा सक्रिय रहेका चन्द्र श्रेष्ठको संगीतमा तयार भएको यो गीतमा चर्चित गायिका मेलिना राई र गायक देब्स राईको स्वर रहेको छ ।

राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियोमा स्मृति गुरुङ र किमहाङ राईले अभिनय गरेको म्युजिक भिडियोमा यमरसिंह ब्लोनले श्रृङ्गार, रेशम दर्लामीले ड्रोन, सुमन मगरले छायांकन, अनिलकुमार महर्जनले सम्पादन तथा चन्द्रकला राईले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...