मेलिना राई र हसन राईको ‘के सारो राम्री देखिएको’ बोलको म्युजिक भिडियो सार्वजानिक

0 1,644

काठमाडौं – चर्चित गायिका मेलिना राई र गायक हसन राईको स्वरमा ‘के सारो राम्री देखिएको’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । काठमाडौ स्थित नयाँ बानेश्वरमा एक कार्यक्रम गरेर उक्त म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

गीतकार बचन राईको शब्द रचनामा रहेको उक्त गीतलाई चर्चित गायक तथा संगीतकार रोशन राई “पालुवा स्टार” ले संगीत भरेका छन् भने फणिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाईएको छ ।

बिकास लामिछाने र सुप्रिया कटुवालको मुख्य अभिनय रहेको म्युजिक भिडियोलाई टंक केसीले छायांकन र विकास ज्ञवालीले सम्पादन गरेका छन् भने सनम अधिकारीले निर्देशन गरेका हुन् ।

कार्यक्रममा गीतकार बचन राई, गायक हसन राई, संगीतकार रोशन राई, मोडल बिकास लामिछाने, सुप्रिया कटुवाल, निर्देशक सनम अधिकारी लगायतले यो म्युजिक भिडियोको बारेमा बोलेका थिए ।

यो गीतको म्युजिक भिडियो यहाँ हेन्रुहोला

Loading...