अन्जु पन्तको स्वरमा “तिम्रै हुँ म” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – भनिन्छ गीत संगितको कुनै सिमा हुँदैन , कुनै भाषा हुँदैन । सफल गीत त्यो हो जसलाई सुन्दा मनलाई छुने हुनुपर्छ । यस्तै मन मष्तिष्कलाई एकदमै छुने गित अहिले बजारमा आएको छ । नेपाली सांगितिक क्षेत्रकी कोकीलकण्ठ आवाजकी धनि गायिका अञ्जुपन्तको मार्मिक गीत सार्वजनिक भएको हो ।
नेपाली सांगीतिक क्षेत्रमा सयौँ चर्चित र कालजयी गीत गाउन सफल पन्तले “तिम्रै हुँ म” बोलको फेरि अर्को त्यस्तै कर्णप्रिय र मार्मिक गीत ल्याएकी छन् । उनको एकल स्वर रहेको सो गीतमा केशव घिमिरे बैरागी माइलोको शब्द सृजना रहेको छ । बैरागिले यस गीतलाई सिर्जना गरेर जिबन्तता प्रदान गरेका छन् । बैरागी माइलो साहित्य क्षेत्रमा गनिने नाम हो ।
उनले बिगत लामो समय देखि साहित्य क्षेत्रमा केहि कृतिहरू प्रकासित गरिसकेका छन् भने आधा दर्जन कृतिहरूमा सम्पादकको भुमीका समेत निर्बाह गरिसकेका छन् । सयौ गीतहरु लेखे पनि ओझेलमा परेका माइला बिभिन्न दुःख पीडाका आरोह अवरोह पार गर्दै अहिले सांगितिक क्षेत्रमा अघि बढिरहेका छन् । कमलको फुल हिलोमै फुल्छ भन्ने कुरालाई अहिले बैरागी माईलाले चरितार्थ गर्दै लगेका छन् । शरणार्थी भएर कष्टकर जिवन ब्यतित गरेका बैरागी हाल आमेरिकाको पेन्सलभेनियामा बसोबास गर्दै आएका छन् ।
उनका प्रायजसो गीतमा राष्ट्रप्रेम र मानबिय संबेदनाका भावहरु झल्किने गरेका छन् । हालैमात्र म्युजिक भिडियो म्युजिक नेपालबाट सार्वजनिक भईसकेको छ । सांगितिक क्षेत्रमा पछिल्लो समयमा राम्रो चर्चा कमाउँदै गरेका सङ्गीतकार सुनिल राईले यस गीतको संगित भरेका छन् । यो गीतको सबै पक्षमा उत्तिकै मिठास र सन्तुलन मिलेको पाईन्छ । जनक सिंहको निर्देशनमा बनेको यस गीतको भिडीयोमा क्यामरामा मुकेश हुमागाँईले साथ दिएका छन् ।
म्युजिक भिडियोमा सनम कठायत, सीता धमला, केवल भण्डारी र टिक टक बाट चर्चा कमाएकी बाल कलाकार एभिलिनाको पनि उतिकै राम्रो प्रस्तुती देख्न सकिन्छ । गीतले एउटा प्रेमीले आफ्नो प्रेमिकालाइ धोका दिएपछि भोगेका तिता भोगाईहरुलाई प्रेमिकाले गीतको माध्यमबाट आफुलाई ब्यक्त गरेकि छिन् ।
यो गीतको म्युजिक भिडियो यहाँ हेन्रुहोला