डिआर अटुको संगीतमा श्रेया राईको पहिलो गीत सार्वजनिक

0 889

काठमाडौं – रियालिटी सो ‘द भोइस अफ नेपाल’ बाट चर्चामा आएकी श्रेया राईको पहिलो गीत सार्वजनिक भएको छ । मारुनी भाकामा रहेको ‘एक्ले बर’ बोलको गीत श्रेया राईको स्वरको गीत सार्वजनिक भएको हो । उनी ‘द भोइस अफ नेपाल’मा टप ८ सम्म पुगेर रक गायिकाको रुपमा चर्चामा आएकी थिइन् ।

कोरियामा रहेर नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय संगीतकार डि आर अटुले गीतको शब्द शब्द रचना र संगित गरेका छन् । अटुको थुप्रै गीतहरु चर्चित छन् । यो गीतको एरेन्ज र मिक्सिङ्ग भने राजु कार्कीले गरेका हुन् ।

भर्खरै मात्र आउन लागेको चलचित्र ‘रातो गलबन्दी’ मा राजेशपायल राई संग श्रेया राईले उक्त चलचित्रको शीर्ष गीतमा आफ्नो स्वर दिइसकेकी छिन् ।

नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीत,संगीतहरु पस्किंदै आएका गीतकार तथा संगीतकार डी आर अटुको शब्द,संगीत र श्रेयाको आवाजमा रहेको पूर्बेली मारुनी भाकाको गीत “एक्ले बर’ लिम्दुमी क्रियसनको युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

गीत यहाँ हेर्नुहोला

Loading...