लक्ष्मि योङ्हाङ कोरियामा ब्यस्त

0 821

काठमाडौ – कोरियनहरुको महान पर्व सलनालको अवसर पारेर सिरीजङा इन्टरटेन्टमेन्ट ग्रुप दक्षिण कोरियाले आयोजना गरेको लिम्बु चलचित्र के साङ्ला प्रर्दसनिमा आफु अभिनित चलचित्र के साङ्ला लिएर आउनुभएको मोडेल तथा नायिका लक्ष्मि योङ्हाङ ब्यस्त हुने भएकि छिन । सिरिजंगा ग्रुप द कोरियाको संयोजक हाङ् चेम्जोङ्को जानकारि अनुसार नायिका योङ्हाङ्लाइ कोरियामा आयोजना भैरहेको बिभिन्न जातीय तथा अन्तरजातीय सघ सस्थाको सास्कृतिक कार्यक्रम तथा डान्स पार्टिमा धेरै डिमाण्ड भैरहेको छ ।

माबोको अनुसार सलनालको पहिलो दिन फेब्रुअरी 3 तारिक दक्षिण कोरियाको योङ्गिन स्थित चुलो नेपाली इन्डियन रेस्टुरा द्वारा आयोजना हुदै गरेको साङ्गितिक भेटघाट साझ मा उनको बिसेस प्रस्तुति रहनेछ लगत्तै दोस्रो दिन फेब्रुअरी 4 तारिक उदयपुर सेवा समाजद्वारा आयोजना हुन गैरहेको सास्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्नेछिन भने सोहि दिन साझ सुम्निमा इन्टरटेन्मेन्ट ग्रुप द कोरिया द्वारा आयोजना हुन गैरहेको सुम्निमा डान्स पार्टिमा पनि उनको नृत्य प्रस्तुति हुनेछ । पाँचथर सेवासमाज दक्षिण कोरिया र किराँत याक्थुङ् चुम्लुङ् दक्षिणले भब्य सम्मान गर्ने भएको छ । त्यसैगरी फेब्रुअरी 5 तारिखमा सलनालको तेस्रो दिन उहा विशेष कोरिया आउनुको मूल उदेश्य आफु अभिनित लिम्बु चलचित्र के साङ्ग्ला प्रदर्शनीलाई पुरा गर्दै दर्शकको साथमा रही फिल्म हेरेर उपस्थिति जनाउने छिन् “सिरिजंगा इन्टरटेनमेन्ट ग्रुप द कोरिया” जो कि लिम्बु जातिय सस्था किरात याक्थुङ्ग चुम्लुंग अन्तर्गत रहेको छ र अन्त्यमा भने सोहि ५ तारिखको साझमा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको साहित्यिक भेटघाट तथा सम्मान कार्यक्रममा सहभागी जनाउने छिन् ।

Loading...