समाजसेवा, गीति लेखन र गायनमा प्रमोद चाम्लिङ्ग
२०३७ वैशाख २९ गते शुक्रबार खोटाङ जिल्लाको बुइपामा जन्मिएका प्रमोद चाम्लिङ अहिले वैदेशिक रोजगारको निम्ति साउदी अरबमा कार्यरत हुनुहुन्छ। सानै उमेर देखि सबै क्षेत्रमा उत्तिकै चासो देखाएर सधैं अग्रसर रहनु रुचाउनु हुने प्रमोद चाम्लिङको विशेष रुचि भनेको चाहिँ संगीत, साहित्य र भ्रमण नै हो। विद्यार्थी कालमा जानी-नजानी कलाकार हुँदै त्यो बेलाको प्रारम्भिक कमिटी स्ववियुको नेतृत्व गर्दै संयोजकको रुपमा रहेर स्थानीय तहमा “जाँड रक्सी नियन्त्रण” को आन्दोलन सफल बनाएको क्षणलाई सम्झिदै भन्छन्, त्यो पनि ठिकै नै गरिएछ ।
त्यस पछि समय र परिस्थितिले हुर्याएर २०५६ सालमा बुइपा छोडेको प्रमोद चाम्लिङ पुर्वको विभिन्न जिल्ला इलाम, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ताप्लेजुङ हुँदै ५/६ बर्ष सम्म बरालिएर फर्किएको चाम्लिङ निरन्तर गाउँमा रहन सकेनन् । पुन: रोजगारको लागि मलेसिया पुगेको प्रमोद चाम्लिङ कम्पनीको ड्युटी गर्दै पनि 2007/2008 मा “खोटाङ सेवा समाज” मलेसिया शाखाको अध्यक्ष पदमा रहेर आफ्नो कार्यभार सम्हाल्नु भयो। यसरी नै फेरि मलेसिया मै रहने खोटाङ बुइपाका बुइपाली हरु लाई समाहित गराउदै “बुइपा पञ्चेदोबाटो सेवा सुधार समिति” को स्थापना गरेर आफ्नै अध्यक्षतामा एउटा सानो ११ जनाको समिति निर्माण गर्नु भयो। तर प्रवासमा आफ्नो कार्य व्यास्ताताको कारण सक्रिय रहेर त्यो समितिले निरन्तरता दिन भने सकेन।
यसरी आफ्नो जन्मस्थल खोटाङ र बुइपाको माया गर्दै पनि निरन्तर सामाजिक सेवामा तल्लीन रहने प्रमोद चाम्लिङले बेला बेलामा नेपाली पत्रीका श्रम साप्ताहिक, पृष्ठभुमि, नेपाल सन्देश र हाम्रो आवाज तिर आफ्नो मनको भावनाहरु कथा, कविता, गीत, अभिव्यक्ति जस्तो रचनाहरु प्रकाशन गर्न भ्याईरहन्थे।
यसरी मलेसियाको बसाईलाई अन्त्य गराउदै 2009 मा नेपाल भित्रिएको प्रमोद चाम्लिङ पुन: “खोटाङ काठमाडौ सम्पर्क मन्चको” एक नम्बर क्षेत्रको सचिव हुँदै एक बर्ष अध्यक्ष पद सम्हालेका प्रमोद चाम्लिङले पारिवारिक परिस्थितिको कारण निरन्तर सक्रिय रहनु नसके पछि फेरि रोजगारीको निम्ति साउदी पुग्नु भयो। यसरी साउदिको एउटा कुनामा बसेर आफ्नो मनको भावनाहरु कहिले गीतबाट कहिले कविता बाट र कहिले कथा र विभिन्न साहित्यिक सृजनाहरु फेसबुक बाट पस्कि रहनु भयो। यसरी पस्किने क्रममा उहाँको गीतहरु मनपराएर थुप्रैले गीतहरु मागेका थिए । तर गीत संगै लगानी पनि गरी मागेपछि अब गीतै लेख्दिन भन्ने पनि उनलाई लागेको थियो । तर एकान्तमा एक्लै गीत सुन्दै बस्ने क्रमले मनमा गीतहरु फुराउन नछाडे पछि गीत संग पनि अछुतो रहनु सकेन। गीत लेखन कार्यले निरन्तरता पाईनै रह्यो। यसै क्रममा दुई वटा गीत आदरणीय संगीतकार शिव संगम राईले प्रमोद चाम्लिङको शब्दलाई मनपराएर अत्यन्तै मीठो कम्पोज गरिदिनु भयो। जुन गीतलाई तुरुन्तै रेकर्ड गर्ने गराउने सर-सल्लाह भए पनि आर्थिक अभावको कारण तुरुन्तै गर्नु भने सकेनन् ।
यसरी आर्थिक अभावले अल्झिएर रहेको गीतले झन्डै ३ बर्षको अवधिमा एउटा गीत “बिच बाटोमा छाडी गयौं” ले पुर्णता पायो। जसको आयोजना “भेटघाट चौतारी” प्रायोजक- दिल राना मगरले गर्नु भएको छ भने यस गीतको शब्द- प्रमोद चाम्लिङ/ संगीत- शिव संगम राई/ स्वर- देब्स राई र एरेन्ज- सुन्दर लामाको रहेको छ। यहीँ क्रममा संयोगले धरान सुनसरी बासी हाल इजरायलमा कार्यरत बहिनी सरस्वती लिम्बू संगको इन्टरनेट चिनजान र कुराकानी संगै उहाँको मन र रहर संगै कुजिँएर रहेको गीतहरुलाई निरन्तरता दिनुस म धेर-थोर सकेको सहयोग गरिदिन्छु भन्ने प्रतिबद्धता जाहेर गराउनु भएपछि प्रमोद चाम्लिङको बाल्यकाल देखिको मरिसकेको इच्छा चाहनालाई पुन: उत्साहित गराउदै हौसला दिदै प्रमोद चाम्लिङलाई उजागर गराउनु हुने प्रेरक बहिनी सरस्वती लिम्बूलाई आत्मै देखि स्यालुट गर्नु चाहन्छु भन्नु हुन्छ चाम्लिङ्ग । प्रमोद चाम्लिङ भन्नू हुन्छ पैसा सिमित मान्छेहरु संग मात्रै हुन्छ सबै संग पैसा हुदैन र जो संग पैसा हुन्छ उ संग विशाल मन हुदैन। तर प्रेरक सरस्वती लिम्बू संग पैसा मात्रै होइन बिशाल छाती र बिशाल मन पनि छ।
जसको कारण आज त्यहीँ प्रेरणाले प्रमोद चाम्लिङको आफ्नै एकल शब्दमा सजिएको र आफ्नै आवाजमा रहेको एल्बम- “स्वर्णिम” चाडैं बजारमा ल्याउदै हुनुहुन्छ प्रमोद चाम्लिङ्ग । गायन र गीत -संगीत प्रती त्यस्तो राम्रो अनुभव नभए पनि लोकप्रियताको लागी चर्चा कमाउने सपना बोकेर हैन एकदिन अवश्य मरिन्छ। बाँच्दा यसो कृति रहोस भन्नुको खातिर आफ्नै श्रीमती “निश्चल” जसु संग गीत सार्वजनिक गर्नु भएको छ । एल्बम “स्वर्णिम”मा अहिले सम्म ६ वटा गीत रहेको छ। जुन ६ वटै गितमा Male Vocal मा गीतकार स्वयम् प्रमोद चाम्लिङ कै आवाज रहेको छ भने Female Vocal मा “निश्चल”जसु/ किशु गुरुङ/ मनिका किराँती र विष्णु आङ्लाले साथ दिनु भएको छ। यो एल्बममा संगीत- राज रोबर्ट अजनवी/ शिव संगम राई र चन्द्र श्रेष्ठको रहेको छ भने एरेन्ज- कृष्ण भक्त राई/ सुन्दर लामा र राजु कार्कीको रहेको छ।
यसैगरी गीतकार प्रमोद चाम्लिङको शब्दमा सजिएको गीतहरु पुष्कर सुनुवार र किशु गुरुङको आवाजमा रहेको “नाम्चेको पाखामा”/ देब्स राईको आवाजमा “बिच बाटोमा”/ देब्स राई र मेलिना राईको आवाजमा “गोधुली साँझको”/ शोभा सुब्बा “एन्जल”को आवाजमा रहेको “कति सपना साँचे मैले”/ मनिका किराँतीको फिमेल भोकल र देब्स राईको आवाजमा मेल भोकल रहेको गीत “छाडेर सबै जाँदैछु आमा” एलिना राईको आवाजमा फिमेल भोकल र गायक रविन राईको आवाजमा मेल भोकलमा “छाडी जाने निष्ठुरी लाई” किशु गुरुङको आवाजमा “शैलुङको लेकमा” जस्ता दर्जनौं गीतहरु बजारमा आउने तयारीमा छ।