कुलपति उप्रेती प्रबासी नेपाली साहित्यकारमाझ यूएईमा

0 693

दुबई, ५ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको विकासमा प्रवासी नेपालीले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनु भएको छ ।

नेपाली दूतावासद्वारा युनाइटेड अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार आयोजित स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रममा बोल्दै उहाँले प्रवासी नेपालीले साहित्यको प्रवद्र्धनका अतिरिक्त आफू रहेको देशबाटै राष्ट्रियताको जगेर्ना गरेको भन्दै प्रशंसा गर्नुभयो ।

पाकिस्तान एकेडेमी अफ लेटर्सको निमन्त्रणामा एक सेमिनारमा सहभागी हुन इस्लामाबाद पुग्नुभएका कुलपति उप्रेतीसहितको टोली काठमाडौँ फर्किने क्रममा अबुधाबी पुगेको हो । प्रज्ञा–प्रतिष्ठानले पछिल्लो समयमा भाषा, साहित्य र संस्कृतिको विकासका लागि विभिन्न देशहरुसँग द्विपक्षीय सम्बन्ध स्थापना गरी विभिन्न कार्यक्रम गर्दै आएको उप्रेतीले बताउनुभयो । सो क्रममा यूएईस्थित प्रबासी नेपाली साहित्यकारहरुले उहाँलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । कार्यक्रममा बोल्दै यूएईका लागि कार्यबाहक नेपाली राजदूत सागर फुयालले यूएईमा कुलपति स्तरको भ्रमण पहिलो पटक भएको भन्दै साहित्यिक हिसाबले यो भ्रमण निकै नै महत्वपूर्ण भएको बताउनुभयो । दूताबास र प्रतिष्ठान मिलेर साहित्यिक गतिविधिलाई तीव्र पार्न सके प्रबासमा पनि नेपाली साहित्यको थप विकास गर्न सकिने उहाँको धारणा थियो ।

कार्यक्रम संयोजक जे. सागरले आफूहरुले साहित्यिक गतिविधिलाई तीव्र पर्ने उद्देश्यले सिर्जना वाचन डबलीमार्फत स्रष्टाहरुलाई सिर्जना वाचन गर्ने अवसर प्रदान गरिरहेको भन्दै कुलपतिज्यूको भ्रमणले आफू र अन्य साहित्यकारहरुलाई थप हौसला मिलेको बताउनुभयो ।

सो क्रममा साहित्यकार टक गुरुङ, कृष्ण गुरुङ, सेल्कर पाख्रिन तामाङ, कान्छो भूपेन्द्र आचार्य, शाश्वत ढुङ्गाना, डी.एल. घिमिरे, जे. सागर, घायल दीपक कार्की, चन्द्र तुम्बाहाम्फे लगायतले प्रबासमा आफूहरुले भोग्नुपरेका पीडा र त्यसले आफ्नो परिवारमा परेको असर सम्बन्धी विषयमा रचना वाचन गरेका थिए ।

रचना सुनिसकेपछि मकालु पब्लिकेसन्सका सञ्चालक वासुदेव ढकालले प्रवासी साहित्यकारका सिर्जनालाई सबैसामु पु¥याउनका लागि सो को प्रकाशन आवश्यक हुने भएकाले उक्त कार्यमा आफ्ना तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

Loading...