भारतीय गायक सोहेल अजमतको पहिलो नेपाली गीत सार्वजनिक
काठमाडौ – भारतीय गायक सोहेल अजमतको पहिलो नेपाली गीत सार्वजनिक भएको छ । भारत नक्सालबारीका गायक अजमतको “रात अझै बाँकी छ” बोलको नेपाली गीत सार्वजनिक भएको हो ।
भारतमा जन्मिएर पनि नेपाली गीत-संगीतलाई धेरै माया गर्ने गायक अजमतले, भारतीय गीत- संगीतको क्षेत्र निक्कै नै फराकिलो हुदा हुदै पनि नेपाली गीत-संगीत आफूलाई मन पर्ने भएकोले नेपाली गीत रेकर्ड गराएको बताएका छन् ।
सार्वजनिक गीतमा स्वर,संगीत र शब्द रचना पनि गायक सोहेल अजमतकै रहेको छ । केबी भण्डारीले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग र मास्टरिङ्ग भने सन्तोष पौडेलले गरेका हुन् ।
सुर संगीत रेकर्डिङ्ग स्टुडियोका कर्ण संज्यालले रेकर्ड गरेको यो गीतको भिडियो भने राजु श्रेष्ठले तयार पारेका हुन् ।
“रात अझै बाँकी छ” को म्युजिक भिडियो यहाँ हेर्नुहोला