पर्यटन बाट देशलाई समृद्धि : पासाङ्ग शेर्पा

0 715

काठमाडौं – पर्यटन क्षेत्रमा केही गर्नु पर्छ भन्ने अभिलाशाका साथ सन १९९६ मा राजधानी प्रवेस गरे यता व्यावसायिक रुपमा लागि रहेका सोेलुखुम्बुका व्यक्ति हुन् पर्यटन व्यवसायी पासाङ शेर्पा ।

शुरुमा भरिया हुदै यस क्षेत्रमा लागेको शेर्पाको माउण्टेन शेर्पा ट्रेकिङ नामक कम्पनीबाट विगत २००१ देखि व्यावसायिक रुपमा अगाडि बढेका शेर्पाले नेपालीले पनि अन्य देश घुम्नु आवश्यकता महशुस गरेका छन् ।

नेपाल सरकारको भिजन २०२० लाई सफल र सहज बनाउन पनि नेपालीहरु विदेशका विभिन्न देशमा घुम्नु पर्ने आवश्यता रहेको शेर्पाले महशुस गरेर नै यो व्यवसाय सुरु गरिएको बताउछन् । । करिब २१ भन्दा बढी देशको भ्रमण गरिसकेको शेर्पाले विशेष बौद्ध धर्मवलम्बीहरुलाई मध्यनजर गरी यो व्यावसाय सुरु गरेको वताए । नेपालको बौद्ध धर्मवलम्वीहरुले श्रीलंक, भुटान, भारत र टिबेट लगायत देशहरु घुम्ने पर्ने शेर्पाको तर्क छ ।

बौद्ध धर्मवलम्वीहरुको पवित्र तीर्थ स्थलको रुपमा लिएको श्रीलंकाको एडम्पिक, अनुराधापुरा, सिग्रीया, पोलोननरुवा, धामबुला, क्यान्डी सिटी, साथै कोलोम्बोसिटी, भुटानको पारो, थिम्पु, पुनखा, भुमथाङ, टाइगरनेष्ट, र टिबेटको ल्हासा, ल्हासा वरीपरी सम्पूर्ण गुम्बाहरु, कैलास हिमाल, मनोसरोबर, (तालं) हरु गुम्नु पर्ने र यसका लागि शुलभ रुपमा आफूले घुमाउने सोच राखेर यस कार्यको सुरुवात गरिएको वताए ।

शेपाले अहिले सम्मकै सबैभन्दा सस्तोमा श्रीलंक, भुटान, तिब्बत र भारत लगायत विभिन्न देशमा भ्रमणका लागि लाने गरेका छन् ।शेर्पाका अनुसार कम्पनीबाट भ्रमणको लागि यात्रा तय गर्दा विश्वाशिलो पनि हुने उनको भनाई छ । तत्कालका लागि शेर्पाले श्रीलंकका ८५ हजारमा, भुटान १ लाख ८८ हजारमा र तिब्बत १ लाख ६५ हजार प्याकेज तयार गरेर व्यावसाय अगाडि बढाएका छन् । समुहमा आउनेलाई विशेष छुट सहित भ्रमण आयोजना गर्न सक्ने भएको पनि शेर्पाले बताए ।

राजधानीको लाजिम्पाटमा होटल सम्पदा गार्डेन समेत सञ्चालन गरि रहेका शेर्पाले यसरी नयाँ ढंङ्गाबाट व्यावसाय गुरु गरिएको बताउछन् । नेपाल बुद्ध जन्मेको देश भएको र यहाँ विशेषगरी बौद्ध धर्मवलम्बीहरुले नेपाल लगायत अन्य विभिन्न देशमा रहेको बौद्ध तिर्थस्थलहरुलाई भ्रमण गर्ने इच्छा चहाना हुदा हुदै पनि प्रयाप्त जनाकारी नभएको कारण त्यहाँ सम्म पुग्न नसकेको तितो यर्थाथलाई मनन् गर्दै यसरी नेपालीलाई अन्य देशमा घुम्ने वातावतरण श्रृजना गरिएको बताए।

Loading...