सेक्युरिटीवाली हेमा राई अभिनित म्युजिक भिडियो सार्वजनिक

0 1,299

ईन्द्र जिजीबिषा / काठमाडौ – पछिल्लो समयमा चर्चाको शिखरमा रहेकी सेक्युरिटीवाली हेमा राई अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा समाजसेवी जितेन बन्तावाको स्वरमा रहेको “आमा” बोलको म्युजिक भिडियोमा चर्चित सेक्युरिटीवाली हेम राई र अर्का चर्चित मोडेल तथा हास्यकलाकार उमेश राईले अभिनय गरेका छन् ।

प्रतिमा गुरुङको शब्द रचना रहेको यो गीतमा गायक जितेन बान्तावाले नै संगीत पनि गरेका छन् भने गायक तथा संगीतकार पावल चाम्लिङ्गले एरेन्ज गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा आमाको माया, अपार, अटुट र अविरल हुन्छ भन्ने यथार्तालाई देखाईएको छ । गीतको भाव अनुसार म्युजिक भिडियोमा कलाकारहरुको अभिनय गर्दा म्युजिक भिडियो हेर्दा भित्रै बाट मुटु छिया-छिया हुने गर्दछ ।

सार्वजनिक म्युजिक भिडियोमा उमेश राई (फुलन्देको आमा) सेक्युरिटीवाली हेमा राईको अलावा जश्मिन ओझा, मुस्कान सुनुवार, उषा तामाङ्ग, सूचना राई लगायतले अभिनय गरेका छन् ।

शोभाकर पोख्रेलले छायांकन गरेको “आमा” गीतको म्युजिक भिडियोलाई सुनुवार नविनले सम्पादन गरेका छन् । गायक तथा समाजसेवी जितेन बान्तावाले नै निर्देशन गरेको यो म्युजिक भिडियोलाई जितेन बान्तवाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

यहि म्युजिक भिडियोको सुटिङ्ग रिपोर्ट

Loading...