प्रमोद खरेलको स्वरमा “रुपको चर्चा” आधुनिक गीत सार्वजनिक

0 967

काठमाडौ – चर्चित गायक प्रमोद खरेलको स्वरमा “रुपको चर्चा” बोलको आधुनिक गीत सार्वजनिक भएको छ । कृष्ण प्रसाद पौडेलको शब्द रचनामा चन्द्र लामा अनुरागले संगीत गरेको यो गीत निक्कै नै कर्णप्रिय बनेको छ ।

प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली साहित्य,संगीतको क्षेत्रमा सक्रिय रहेका संगीतकार चन्द्र लामा अनुराग विश्व नेपाली साहित्य महा संघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत हुन् । उनको शब्द रचना र संगीतमा दर्जनौ गीतहरु बजारमा आईसकेका छन् । गीतकार कृष्ण प्रसाद पौडेल पनि बैदेशिक रोजगारीको सिलसिलामै हाल दक्षिण कोरियामा रहेका छन् ।

बिक्रम कार्कीले एरेन्ज गरेको यो गीत भेनस स्टुडियोमा रेकर्ड गरिएको हो भने यो गीतको लिप सिङ्ग भिडियो छायांकन, सम्पादन नियोन लामाले गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...