प्रमोद चाम्लिङ्ग र “निश्चल” जसुको “पुवैको मारुनी राम्रो” बोलको गीत सार्वजनिक

0 1,293

काठमाडौ – गायक तथा साहित्यकार प्रमोद चाम्लिङ्ग र “निश्चल” जसुको स्वरमा अत्यान्तै मिठो पूर्वेली भाका “पुवैको मारुनी राम्रो” बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा पूर्वेली लोक भाकाहरु सिमित मात्रामा आई रहेको अवस्थामा गायक तथा साहित्यकार प्रमोद चाम्लिङ्ग र “निश्चल” जसुले यो गीत लिएर बजारमा आएका हुन् ।

विगत लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा प्रवासी भूमिमा रहेका गायक प्रमोद चाम्लिङ्ग आफैले यो गीतको शब्द रचना पनि गरेका हुन् । यो गीतको संगीत भने संगीतकार राज रोबर्ट अजनवीले गरेका हुन् । संगीतकार अजनवी पनि लामो समय सम्म बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमै रहेपश्चात हाल नेपालमै रहेर विभिन्न संगीतका सृजनाहरु गरि रहेका छन् । गायिका “निश्चल” जसु भने गायक तथा संगीतकार प्रमोद चाम्लिङ्गको जीवन संगीनी हुन् ।

स्वर्णिम” गीति एल्बममा समेटिने यो गीतको अलावा अन्य ५ वटा गीतहरु पनि रहने छन् । गीति एल्बम “स्वर्णिम” भने केहि समय पछाडि मात्रै बजारमा ल्याउने गायक प्रमोद चाम्लिङ्गले बताएका छन् ।

सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतको निर्माता भने सरस्वति लिम्बु रहेकी छन् । सार्वजनिक लिप सिङ्ग भिडियो भने जीवन मुकारुङ्गले तयार पारेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...