सुन्दरताको प्रतिक सवनम (फोटो फिचर भिडियो सहित)
मिस लिम्बु २०१७ मा सेकेण्ड रनर अप भएर कलाकारीता क्षेत्रमा लागेकी सवनम साँवा लिम्बु ताप्लेजुङ्गमा जन्मिएकी हुन् । त्यहिको भिर, पाखा, बन जंगल संग लुकामारी खेल्दै सवनमको बाल्यकाल बित्यो । घरमा आफू एक्ली छोरी र एक भाई माईति रहेको सवनमले माद्यामिक तह ताप्लेजुङ्ग बाटै पुरा गरेर प्लस २ धरान बाट गरेकी हुन् ।
पढाईमा अत्यान्तै लगनशील सवनमको कला यात्रा भने मिस लिम्बु २०१७ मा सेकेण्ड रनर अपको टाईटल जितेपछि सुरुवात भयो । साईन्सको विद्यार्थी पढाईलाई अलिक बढि नै समय दिनु पर्ने, त्यहि कारण रुचि भएर पनि कला क्षेत्रमा ढिलो प्रवेश गर्नु परेको बताउछिन् सवनम ।
अत्यान्तै मिलनसार, नम्र शिल स्वभाव भएकी सवनम अहिले काठमाडौमा बसेर एमबीबीएसको लागि जुटि रहेकी छन् । समयले साथ दियो भने अब चाडै नै डक्टर बन्ने बताउछिन् सवनम ।

साधारण पहिरनमा हिड्न रुचाउने सवनम आफ्नो खान पिनमा पनि यस्तै नै हुनु पर्छ भन्ने आफूलाई नलाग्ने बताउछिन् । पारिवारीक सपोर्टकै कारण आफू आज यो स्थानसम्म आई पुगेको बताउने सवनम पढाई र कला क्षेत्र दुबैलाई निरन्तर अगाडि बढाउन चाहन्छिन् । आधा दर्जन जति म्युजिक भिडियोमा काम गरि सकेकी सवनम तत्कालै ठूलो पर्दाको चलचित्रमा भने काम गर्ने सोच छैन उनको ।

