समुन्द्रपारीबाट आफ्नो प्यारो गाउँको सम्झना गर्दै आभा
काठमाडौ – चर्चित गायिका आभा मुकारुङ्गको “भयो पर पर” बोलको गीत सार्वजनिक भएको छ । सयौ हिट गीतहरु बजारमा ल्याई सकेकी गायिका आभा मुकारुङ्ग हाल अमेरिकामा बस्दै आएकी छन् ।
“कता हिडेको ? कसलाई खोजेको ? भन भन हे, बिरानो परदेशी” जस्ता सयौ गीतहरु उनको चर्चित छन् । निरन्तर गीत-संगीतमा सक्रिय रहदा रहदै उनि अमेरीका गएकी थिईन् । अमेरीकामा रहेर पनि समय मिलाएर गीत-संगीतमै निरन्तर लागि रहेकी छन् आभा मुकारुङ्ग ।
उत्तम भण्डारीको शब्द रचनालाई पबिधन खालिङ्गले संगीत भरेका छन् भने एरेन्ज पनि पबिधनले नै गरेका हुन् । बाध्यता र परिस्थितीले परदेश लाग्दाको पिडालाई गीतमा उतारिएको छ । अमेरीकाकै समुन्द्री तटमा छायांकन गरीएको गीतको म्युजिक भिडियो राजेन्द्र राईले खिचेका हुन् ।
गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला