मिन विष्टले सार्वजनिक गरे अनिवार्य हेडफोन लगाएर सुन्नु पर्ने गीत “झ्याइँ झ्याइँ झ्याइँ ”

0 966

काठमाडौ – प्रायजसो केही चिज नौलो प्रयोग गरिरहन रुचाउने मिन बिष्टले यस पटक लोक शैलीको गीतलाई थ्री डी प्रविधिको प्रयोग गरेर नयाँ गीत सार्वजनिक गरेका छन् । गीतकार जानु काम्बाङ्ग लिम्बुले शब्द रचना गरेको “झ्याइँ झ्याइँ झ्याइँ ” बोलको गीतमा नेपाली परम्परागत बाजा-गाजा सहित गाउँघरको बिहेको माहौल याद गराउने गरेर विष्टले थ्री डि प्रविधिमा तयार पारेका हुन् । यो गीतको संगीत संयोजन भने कुमार थापाले गरेका छन् ।

नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतको धुन मिन आफैले भरेका हुन् । परदेशमा रहेरका एक युवाको बिहे गर्ने कल्पनालाई शब्दमा उनेर गीतकार जानु काम्बाङले मीठो सँग खिपेकी छिन् भने गायिका नम्रता र राम धिमालले यसलाई स्वर भरेर कर्णप्रिय बनाएका छन् । सुन्दा सुन्दै सकिएको थाहै नहुने यो मीठो गीत ५ मिनेटको रहेको छ ।

हेडफोन अनिवार्य लाएर सुन्नु पर्ने यो गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको भान हुन्छ । गीत हेर्न भन्दा पनि सुन्न बनाउनु पर्छ भन्ने मान्यताले प्रेरित मिनले लिरिकल भिडियोमा ‘झ्याइँ झ्याइँ झ्याइँ” लाई लिरिकलको रुपमा युट्युबमा रिलिज गरेका छन् ।

नेपाली गीत संगीतलाई मन पराउने स्रोता दर्शकहरुले यो गीतलाई सुनेर मनपरे सबैको सामु पुर्याउन को लागि अनुरोध गर्दै सल्लाह र सुझावको अपेक्षा राखेको विष्टले बताएका छन् ।

गीत यहाँ सुन्नुहोस् (हेडफोन अनिवार्य)

Loading...