जितेन बान्तावा राईको स्वरमा रहेको “नजाउ चेली विदेश” बोलको म्युजिक भिडियो सार्वजनिक

0 1,030

काठमाडौ – नव उदयमान गायक तथा समाजसेवी जितेन बान्तावा राईको स्वरमा रहेको “नजाउ चेली विदेश” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोमा चर्चित कलाकार सूरवीर पण्डित, शकु शाह र अविनले अभिनय गरेका छन् ।

लामो समय देखि ससक्त कलम चलाउदै आउनु भएकि गीतकार संगीता बायुङ्ग राईको शब्द रचनालाई गायक राई आफैले संगीत गरेका छन् । यो गीतको एरेन्ज पावल चाम्लिङले गरेका हुन् भने मिक्सिङ्ग किशोर थापाकोले गरेका छन ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियो निर्देशन पनि एरेन्जर पावल चाम्लिङ राईले नै गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...