याकुमा लोकगीत प्रतियोगिता हुने
कार्तिक १७ प्याउली, भोजपुर – प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरको अरूण गाउँपालिका वडा नम्बर–५ याकुमा तिहारको अवसरमा यही कार्तिक १८ गते आइतबार बृहत् लोकगीत प्रतियोगितासहित नाटक मञ्चन हुने भएको छ ।
रङ्गकर्मी, चलचित्र कलाकार, नाटककार तथा निर्देशक जीवन थापा ‘क्षितिज’को परामर्श र उपस्थितिमा आयोजना हुने उक्त कार्यक्रममा दीपक ढकालद्वारा लिखित तथा उमेश धिमाल र पुजन आचार्यद्वारा निर्देशित अनि स्थानीय कलाकारद्वारा अभिनित सामाजिक नाटक ‘जन्मभूमि’ समेत मञ्चन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम स्थानीय अरुण कला, साहित्य समाज अरुण गाउँपालिका–५ ले आयोजना गर्न लागेको हो ।