कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा
जिरी १७ कात्तिक – दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार व्यावसायिक रुपमै सञ्चालनमा आएको हो ।
केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।