आशा लामाको “सोह्र बर्षे जवानीमा”
काठमाडौ – चर्चित गायिका तथा मोडल आशा लामाले “सोह्र बर्षे जवानीमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएर आएकी छन् । भर्खरै “छम छमी” बोलको तीज गीतबाट दर्शक स्रोताहरुको धेरै माया पाएकी आशा लामाले “सोह्र बर्षे जवानी” बोलको म्युजिक भिडियो सार्वजानिक गरेकी हुन् । गायिका तथा मोडल आशा लामाको थुप्रै गीतहरु बजारमा आईसकेका छन् ।
विक्रम संवत २०५५/५६ सालमा खोटाङ्ग बाट गीत गाउनकै लागि काठमाडौ आएकी आशा लामाको सांगीतिक यात्रा भने खोटाङ्ग जिल्लामा द रेयुकाई नेपालले आयोजना गरेको जिल्लाव्यापी गायन प्रतियोगितामा प्रथम भएर अगाडि बढाएकी हुन् । रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र धनकुटा बाट स्वर परिक्षण पास गरे लगत्तै विक्रम संवत २०६१ सालमा रेडियो नेपालको केन्द्रिय प्रशारण काठमाडौ बाट स्वर परिक्षण पास गरेकी हुन् आशा लामाले ।
नेपाली लोक पप गीत “सोह्र बर्षे जवानीमा” आशा लामाको स्वर रहेको छ भने राजु प्रसाद आचार्यको शब्द रचनालाई मधुसुदन खनालले संगीत गरेका हुन् ।
चर्चित मोडल रिया श्रेष्ठ, भिम लामा, कला सेवा, र गिताञ्जलि रसाईलीको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई रविन्द्र वरालले छायांकन र म्युजिक भिडियो निर्देशन गरेका छन् भने अनुप पौडेलले सम्पादन गरेका हुन् ।
सोह्र बर्षे जवानीको म्युजिक भिडियो यहाँ हेर्नुहोला