डान थ्री शेशुकाको सुन्दरतालाई क्यामेरामा कैद गर्दा (फोटो फिचर) भिडियो

0 1,171

खोटाङ्ग जिल्लामा जन्मिएर सितोरियो करातेमा तेस्रो डान प्राप्त गरेकी शेसुका राई एक कुशल मोडल पनि हुन् । अन्तराष्ट्रिय रेफ्रीको मान्यता पाईसकेकी शेसुकाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको गेमहरुमा रेफ्रीको भूमिका समेत निर्वाह गरिसकेकी छन् । श्रीलंका बाट अन्तराष्ट्रिय रेफ्रीको सर्टिफिकेट होल्ड गरेकी शेसुकाले त्यहि समयमा साफ गेममा रेफ्रीको भूमिका समेत निभाएकी थिईन् भने थाईल्याण्डमा भएको गेममा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरेकी थिईन् ।

शेशुका राई संगको रमाईलो कुराकानी भिडियोमा

 

साधा जीवन जिउन चाहने शेसुकालाई खासै तडक भडकमा पनि चाहना छैन । साधारण नेपाली खाना नै मन पराउने शेसुका फिटनेशमा भने ज्यादै ध्यान दिन्छन् । आफ्नो स्वस्थ्यको लागि पनि फिटनेशको आवस्यकता पर्ने बताउछिन् ।

खेलकुद,मोडलिङ्गको अलावा अध्ययनलाई पनि संग संगै अगाडि बढाई रहेकी शेसुका हाल मास्टर डिग्रीको सेकेण्ड सेमिस्टरमा अध्यायन गरिरहेकी छन् । दुई कक्षा पढ्दा पढ्दै खेलकुद क्षेत्रमा लागेकी शेसुका राईको यो क्षेत्रमा १७ बर्ष भन्दा धेरै बिती सकेको छ ।

आफ्नो स्व इच्छाले भन्दा आफ्नो बाबाको चहानाले गर्दा खेल क्षेत्रमा लागेकी बताउछिन् शेसुका राई । ब्रुस ली, ज्याकीका फ्लिमहरु हेरेर त्यहि बाट प्रभावित हुनु भएका बाबाले मलाई पनि त्यस्तै बनाउनको लागि यो क्षेत्रमा लाग्न प्रोत्साहन गर्नु भएको थियो भन्छिन् शेसुका राई ।

सम्बधित निकायले ध्यान दिएर खेलाडीलाई राम्रो प्रशिक्षण र सुविधा दिने हो भने, नेपाली खेलाडीले पनि अन्य देशको खेलाडीले झैँ राम्रो गर्न सक्ने बताउदै नेपाली खेलाडीहरुले नेपालमा भने जस्तो प्रशिक्षण र सुविधा नपाएको गुनासो गर्छिन् शेसुका राई ।

अत्यान्तै सुन्दर र सालिन शेसुका राईले आधा दर्जन भन्दा धेरै म्युजिक भिडियोहरुमा समेत अभिनय गरि सकेकी छन् । एक्सन चलचित्रमा काम गर्ने चाहना रहेको बताउने शेशुका राईले केही छोटो चलचित्रमा समेत काम गरिसकेकी छन् । अभिनयको प्रशिक्षण समेत लिएकी शेसुकाले “माया” सर्ट मुभिमा मायाकै भूमिकामा अभिनय गरेकी छन् ।

विभिन्न विद्यालयहरुमा र फिटनेश क्लासहरुमा समेत प्रशिक्षण दिदै आएकी शेसुकाको अझै यो खेलकुद क्षेत्रमा निरन्तर लागि रहने बताउछिन् ।


Loading...