किरण टि लिम्बुको शब्द रचनामा रेवत राई र दिपा लामाको “तिमी बिना”को म्युजिक भिडियो सार्वजनिक

0 2,456

काठमाडौ – चर्चित गायक रेवत राई र गायिका दिपा लामाको स्वरमा “तिमी बिना” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण टि लिम्बुको शब्द रचना रहेको उक्त गीतमा संगीतकार तारा प्रकाश लिम्बुले संगीत भरेका छन् भने साहस शाक्यले एरेन्ज ।

“खोटाङ्ग तारा” र “खोजि प्रतिभा” जस्ता सांगीतिक प्लेट्फम बाट सांगीतिक क्षेत्रमा आएका गायक रेवत राई पछिलो समयका निक्कै व्यास्त गायक हुन् भने चलचित्र “विर विक्रम” को “सारे सारे” बोलको सर्वाधिक चर्चित गीत लगायत दर्जनौ चर्चित गीतहरु गाएर चर्चामा रहेकी गायिका हुन् दिपा लामा ।

उक्त गीतको म्युजिक भिडियोमा जन्मजय साम्पाङ राई र प्रीया लिम्बुले अभिनय गरेका छन् । म्युजिक भिडियोमा दुई प्रेमी र प्रेमिका बिचको प्रगाढ प्रेम♥लाई उतार्न खोजिएको छ ।

म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन र निर्देशन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

म्यूजिक भिडियो यहाँ हेर्नुहोला

Loading...