गायक मुस्कान मुकारुङ्ग र गीतकार जीवन मुकारुङ्गको गीति एल्बम “प्रारम्भ” विमोचित

0 771

काठमाडौ – गायक तथा रेकडिस्ट मुस्कान मुकारुङ्ग र गीतकार जीवन मुकारुङ्गको गीति एल्बम “प्रारम्भ” एक कार्यक्रम गरेर विमोचन गरिएको छ । राजधानीस्थित होटेल हार्दिकमा उक्त गीति एल्बम विमोचन गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइला, वरिष्ठ गायिका कुन्ती मोक्तान, गीतकार संघ नेपालका अध्यक्ष वरिष्ठ गीतकार चुडामणी देवकोटा, वरिष्ठ संगीतकार बुलु मुकारुङ्ग, डा.भक्त राई लगायतले गीति एल्बम “प्रारम्भ”को विमोचन गरेका हुन् ।

पाँच वटा गीतहरु रहेको उक्त गीति एल्बममा मुस्कान मुकारुङ्गको एकल स्वर र जीवन मुकारुङ्गको एकल शब्द रचना रहेको छ । “चियाबारीमा” “रोधी घरको गौथलीले” ” दौरा सरी फाटेउ जीवन” “हिमाल जस्तो तिम्रो माया” र ” हिड्दा हिड्दै” बोलको गीतहरु समेटिएको गीति एल्बममा संगीतकारहरु भने क्रमश सचिन शिंह, सुमन राई , नोर्बु शेर्पा, आमोश तामाङ्ग र रिकेश गुरुङले गरेका छन् । मिक्सिङ्ग र मास्टरिङ्ग पनि गायक स्वयम् मुस्कान मुकारुङ्गले नै गरेका छन् ।

गीतकार जीवन मुकारुङ्ग लामो समय सम्म सिंगापुर पुलिसको जागिर पश्चात अवकास भर्खरै पाएका हुन् भने हाल उनि गीत संगीतको क्षेत्रमा सक्रिय रुपमा लागी परेका छन् । गायक मुस्कान मुकारुङ्ग भने विगत लामो समयदेखि सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकडिस्टको रुपमा कार्यरत रहेका छन् ।

कार्यक्रममा “प्रारम्भ” गीति एल्बमका सर्जक स्रष्टाहरुलाई मायाको चिनो र खादाले सम्मान गरिएको थियो भने मुकारुङ्ग चेलीहरु र सिंगापुरमा कार्यरत चेलीहरुको तर्फबाट पनि गायक मुस्कान मुकारुङ्ग र गीतकार जीवन मुकारुङ्गलाई फूलमालाले सम्मान गरिएको थियो । गायक तथा संगीतकार कृष्ण भक्त राईले आफ्नो व्याक्तिगत तर्फबाट गायक तथा गीतकारलाई मेडलले सम्मान गरेका थिए । यो गीति एल्बमको निर्माता भने सुजा मुकारुङ्ग रहेकी छन् ।

कार्यक्रमको बाँकी भिडियोमा हेर्नुहोला

Loading...