केशव घिमिरे “वैरागी माईलो” को “सुसेली हाली बोलाउदा”मा सुनिल राईको स्वर तथा संगीत
काठमाडौ – अमेरिकामा बस्दै आएका गीतकार केशव घिमिरे “वैरागी माईलो” को “सुसेली हाली बोलाउदा” बोलको गजल बजारमा आउने भएको छ । अमेरिकाको पेन्सिल भिनियामा बस्दै आएका गीतकार केशवको यो भन्दा अगाडि “कुला गाङ्ग्रिको फेदबाट” गजल संग्रह, समुन्द्र पारीको कलमहरु (संयुक्त गजल संग्रह) लगायत विभिन्न पत्र पत्रिकामा लेख रचनाहरु प्रकाशित भई सकेका छन् ।
“सुसेली हाली बोलाउदा” गजललाई अहिलेका निक्कै राम्रा र व्यास्त संगीतकर सुनिल राईले संगीत गरेका छन् भने स्वर पनि सुनिल राईकै रहने छ । यो गजलाईलाई एरेन्ज भने विनोद भुजेलले गरेका छन् ।
संगीतकार सुनिल राईको संगीतमा रहेका “ए….बा ” , खुशी तिमी नै हौँ ” जस्ता गीतहरुलाई स्रोता दर्शकहरुले निक्कै मन पराएका थिए भने , “सक्छौ होला” “सपना देख्नु” जस्ता गीतहरुमा आफ्नो स्वर भरेर स्रोताहरुको मन जिती सकेका छन् । विगत ७ बर्षदेखी निरन्तर गीत संगीतमा लागि रहेका गायक तथा संगीतकार सुनिल राईले चार दर्जनभन्दा बढि गीतहरुमा संगीत भरि सकेका छन् भने, ३ दर्जन भन्दा बढि गीतहरुमा आफ्नो स्वर रेकर्ड गराई सकेका छन् ।
गायक तथा संगीतकार सुनिल राईद्वारा स्वरबद्ध र संगीतबद्ध गीतहरु यहाँ हेर्न सकिने छ ।