कला राई र कृष्णभक्त राईको स्वरमा रहेको “कति बस्छौ गाउँ भुली”को म्युजिक भिडियो सार्वजनिक

0 11,495

काठमाडौ – चर्चित गायिका कला राई र प्रतिभावान गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा रहेको “कति बस्छौ गाउँ भुली”
बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कला राईको “लुक्स” गीति एल्बममा रहेको उक्त गीत बिष्णु श्रापितको शब्द रचनामा रहेको छ भने राजु एन राईले संगीत गरेका छन् ।

“पान्धारे चौकी” रिमेक गीत गाएर चर्चाको शिखरमा पुगेकी कला राईको दर्जनौ गीतहरु हिट छन् भने, गीत संगीत बाटै थुप्रै राष्ट्रिय स्तरको पुरस्कारहरु जितेकी छन् ।

लोक आधुनिक सबैखाले गीत गाउने क्षमता भएकी कला राईले ‘कला, अफर र लुक्स’ ‘ईशारा’ नामक एल्बम बजारमा ल्याइसकेकी छन् भने ‘लुक्स’ एल्बममा रहेको गीतको म्युजिक भिडियो अहिले सार्वजनिक गरेकी हुन् ।

“कति बस्छौ गाउँ भुली” को म्युजिक भिडियोमा संजीता मगर र दुर्गा क्षेत्रीले अभिनय गरेका छन् भने स्मृति रोगीले सम्पादन गरेका हुन् । दुर्गा क्षेत्रीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो गज्जब छ अनलाईन च्यानलबाट बजारमा आएको हो ।

Loading...