सुर्योदय युवा क्लब र म्युजिक हाईलाईट प्रा.ली. को संयुक्त आयोजनामा फुटबल खेल हुने

0 962

काठमाडौ – नेपाली हिन्दुहरुको महान चाड बडा दसैँको अवसरमा सुर्योदय युवा क्लबले नक आउट फुटबल खेलको आयोजना गर्ने भएको छ । बडा दशैलाई लक्षित गरेर मनोरन्जन दिलाउनका लागि श्री सूर्योदय युवा क्लब कटारी ७ पाटने र म्युजिक हाईलाइट प्रा.ली.को संयुक्त आयोजनामा नक आउट फूटबल प्रतियोगीता हुने भएको हो ।

सन्जिब समाल मगरको संयोजकत्वमा हुने उक्त खेलमा विभिन्न क्लब, युवा समाजहरुलाई निमन्त्रणा पठाई सकिएको छ भने उक्त खेलमा सहभागी हुनलाई यही २४ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने म्युजिक हाइलाइटका प्रबन्धक नेत्र किरातीले जानकारी गराएका छन् ।

खेलमा सहभागी हुनलाइ २५०० प्रबेश शुल्क लाग्ने छ भने प्रथम हुनेले पुरस्कार स्वरुप रु .२०००० (बिस हजार ) शिल्ड, मेडल, ट्रफि, प्रमाणपत्र र  दोस्रो हुनेले पुरस्कार स्वरुप रु .७००० (सात हजार ) शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छन् ।

Loading...