मनिष लिम्बु र माङ्गेना लिम्बूको स्वर तथा अभिनय रहेको “फक्ताङलुङ सेसे”को म्युजिक भिडियो छायांकन सम्पन्न
लोकेन साँवाको निर्देशनमा सुहाङ्ग लिम्बु र सवनम साँवा लिम्बुको पनि अभिनय
काठमाडौ – चर्चित बाल गायक/गायिका मनिष लिम्बु र माङ्गेना लिम्बूको स्वरमा तथा अभिनय रहेको गीत “फक्ताङलुङ सेसे” को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । काठमाडौको फर्पिङ्गमा छायांकन गरिएको उक्त गीतको म्युजिको भिडियोमा गायक मनिष लिम्बु र माङ्गेना लिम्बुको अभिनय रहेको छ भने वयस्क अवस्थाको सोहि भूमिकामा संगीतकार सुहाङ्ग लिम्बु र मिस लिम्बु फष्ट रनर अप २०१६ का सवनम साँवा लिम्बुले अभिनय गरेकी छन् ।
गीतकार रिता फोम्बो लिम्बुको शब्द रचनामा रहेको ‘फक्ताङलुङ सेसे’ लाई सुहाङ लिम्बुले संगीत तथा अशोक लोहरुङ राईले संगीत संयोजन गरेका छन् ।
म्युजिक भिडियोमा मनिश लिम्बु, माङ्गेना लिम्बु, सुहाङ लिम्बु , सवनम साँवा लिम्बुको अलावा कल्पना योङहाङ, अगमसिंह यक्पाङ्देन लिम्बु , मनु लिम्बु, समिक्षा याक्खाले अभिनय गरेका छन् । त्यसैगरी याक्थुङ केलाङ सयङका कलाकारहरुले पनि म्युजिक म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने विमला तामाङको श्रृङ्गार र लोकन साँवा लिम्बुले निर्देशन गरेका छन् । भने द हाइल्याण्ड आर्टले पोशाक सौजन्य गरेको थियो ।

मनिष लिम्बु र माङ्गेना लिम्बु फर्पिङ्गमा