कृष्टि लिसराको निर्देशनमा “पूर्वेली ठिटी” बोलको म्युजिक भिडियो छायांकन सम्पन्न
काठमाडौ – कलाकार तथा निर्देशक कृष्टि लिसराको निर्देशनमा “पूर्वेली ठिटी” बोलको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । काठमाडौको फर्पिङ्गमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा मोडेल नुमा राई र मोडेल किमसम राईले अभिनय गरेका छन् ।
दर्जन भन्दा बढि म्युजिक भिडियोमा मोडलिङ्ग गरिसकेकी निर्देशक लिसरा थुप्रै टेलिफ्लिममा अभिनयको साथमा निर्देशन पनि गरिरहेकी छन् ।
कुवेतमा रहेर थुप्रै म्युजिक भिडियोमा मोडलिङ्ग गरिसकेकी मोडल नुमा राई हाल नेपालमै रहेर कलाकारिता क्षेत्रमा जम्ने प्रयासमा रहेकी छन् भने किमसम राईले पनि थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै टेलिफ्लिममा समेत अभिनय गरेका छन् ।
चर्चित गायिका बबिना किरातीको स्वरमा रहेको गीतलाई गीतकार दिलिप राई “सगर”ले शब्द रचना गरेका हुन् । संगीतकार राज लम्साल “यात्री”को संगीतमा रहेको गीतलाई एरेन्ज भने मनोज साङ्गसोनले गरेका छन् ।
केहिदिन भित्रै बजारमा ल्याउने तयारीमा रहेको यो गीतको म्युजिक भिडियो राम्रो बनेको निर्देशक कृष्टि लिसराले सिलिचुङ्ग टिभीलाई बताएकी छन् ।
सुटिङ्ग युनिट संग सुटिङ्गमा गरिएको कुराकानी