गोपाल तामाङ्गको “गैरी खेत” बोलको गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौ – २०४४ साल काठमाडौँ जिल्लाको मुलपानीमा जन्मेका गायक गोपाल तामाङले आफ्नो म्युजिक करियर २०६१ सालमा ललित कला क्याम्पसमा संगीत बिषय लिएर भर्ना भइ २०६८ सालमा एम . ए उतिर्ण गरेका छन् ।
अहिले सम्म उहाले संगीतलाई नै निरन्तरता दिइरहनु भएको छ । यति लामो समयको अध्ययनपछी अहिले आएर “गैरी खेत” बोलको गित सार्वजनिक गरेका छन् । उनले हिमालय टेलिभिजनको लै बरी लै गायन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
बैदेशिक रोजगार सम्बन्धी विषय रहेको यस गीतमा गाउले परिवेशको कथालाइ उठाईएको छ गाउमा दुख पाएर एक युवा विदेशिन्छ विदेश गएर पनि झन् दुख पिडा थपिन्छ भने यता नेपलमा रहेकी आमाको दर्दनाक पिडा माया र ममतालाई लिएर यस गीतमा प्रस्तुत गरिएको छ।
यस गीतका शब्द रचनाकार कुमार मिश्र हुन् ।यस गीतमा संगीत भने टेकेन्द्र नेपालीको रहेको र एरेन्ज भने गोपाल रसाइलीको रहेको छ। यस गीतमा अभिनय भने लक्ष्मी गिरि ,मरिचमान श्रेष्ठ स्वयं निर्देशक दिनेश डीसीले अभिनय गरेका छन् ।