गीत-संगीतमा जम्दै पराङ्वा तामाङ

0 1,039

काठमाडौ – रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँ पालिका श्याफ्रु गाउँमश्याफ्रुमा जन्मिएर समाजसेवामा चासो भएका मिठो स्वरका धनी सेलो गायक पराङ्वा तामाङ सानै देखि कलाकार र गायक बन्छु बन्ने हेतुका साथ अगाडि बढे अनुसारको अहिले सफल हुँदै गएका छन् ।

हाल उहाँ ब्यापारमा समेत सक्रिय रहेका पराङ्वा तामाङ रसुवाको गीत-संगीतलाई संरक्षण गर्छु भनेर दावा फिन्जो तामाङको अध्यक्षतामा गठित राष्ट्रिय संगीत कर्मी संघ रसुवाको सदस्य भएका छन् ।

आफ्नो हरेक कदमलाई अगाडी सार्नलाई गाउँको आफन्तहरु र मित्रहरूले समेत साथ दिएको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् पराङ्वा तामाङले ।

गायक पराङ्वा तामाङ रसुवाको सेलो गायक भनेर पनि चिन्छन् भने अर्को पाटो आफूलाई समाजसेवी बनेर चिनिन चाहन्छन् । जिवनमा सबैभन्दा धेरै खुशीको पल स्टेजमा उभिदा र गीत गाउँदै गरेको क्रममा दर्शक स्रोताले ताली बजाई दिनु भै म्युजिकको तालमा नाचेको पललाई सम्झने पराङ्वा तामाङ आफ्नो चेलाले नसम्झिदा सबैभन्दा दु:खद पल हुने गरेको बताउछन् ।

Loading...