बुगी वगीको सुपर डान्सर रबिन भुजेलको पहिलो म्युजिक भिडियो सार्वजानिक 

0 1,572

काठमाडौ – गायक शिब थापा मगरको स्वरमा रहेको “पार्वती”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द तथा संगीत पनि स्वयम्  शिब थापा मगर कै रहेको छ।

रक डान्स मेलोडीको यो गीतमा “बुगी वगी”को सुपर डान्सर रबिन भुजेलको प्रस्तुति तथा अभिनय रहेको छ साथै ममता र अलिशा राईको पनि अभिनय रहेको छ भने यस गीतलाई  एरेन्ज भने देवेन्द्र नेवाले गरेका छन् ।

यस गीतमा छायांकन तथा सम्पादन ओम प्रसाईको रहेको छ भने मेकअपमा बिमला तामाङले साथ दिएकी छन् । रिज्यान  श्रेष्ठको कोरियोग्राफ रहेको यो गीतको म्युजिक भिडियोलाई म्युजिक हाईलाईट बजारमा ल्याएको हो । गीतको म्युजिक भिडियोलाई नेपालको हट डान्सर तथा कोरियोग्राफर मेघना मगरले निर्देशन गरेकी छन् ।

Loading...